सोमबार, जेठ १८, २०८३
  • गृहपृष्ठ
  • प्रदेश
  • भक्तपुरबाट विराटनगर पुगेका व्यवसायीलाई उच्च अदालतको गेटमै खुकुरी प्रहार

भक्तपुरबाट विराटनगर पुगेका व्यवसायीलाई उच्च अदालतको गेटमै खुकुरी प्रहार

युवा व्यवसायी ३२ वर्षीय कमानसिंह लामामाथि आइतबार मध्यान्न उच्च अदालत विराटनगरको गेटैमा आक्रमण भएको छ।
 |  आइतबार, असोज १०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज १०, २०७८

विराटनगर- युवा व्यवसायी ३२ वर्षीय कमानसिंह लामामाथि आइतबार मध्यान्न उच्च अदालत विराटनगरको गेटैमा आक्रमण भएको छ। खुकुरी प्रहारबाट घाइते बनेका लामाको विराटनगरकै 'विराट नर्सिङ होम एवं विराटनगर अस्पताल'मा उपचार भइरहेको छ। लामाको पेट, हातलगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ। लामाको अवस्था खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन्। 

National life

काभ्रे घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका–८ मा बस्दै आएका लामा आइतबार बिहान मात्रै विराटनगर आइपुगेको प्रहरीले जनाएको छ। मोरङको कटहरी गाउँपालिका-६ मा रहेको मोरङ राजधानी इँटा उद्योगमा लामाले दुई वर्षअघिदेखि लगानी गरेका थिए। उनले काठमाडौंमा सहकारी पनि सञ्चालन गरिरहेको पाइएको प्रहरीले जानकारी दिएको छ। कटहरीको इँटा उद्योगका विषयलाई लिएर पछिल्लो समय विवाद भएको थियो। 

उद्योगमा दुई वर्षअघि मात्रै लामाले लगानी गरेका थिए। प्रहरीका अनुसार त्यसअघि उद्योग मोरङ नोचाका मोहम्मद साजितको रहेको खुलेको छ। उद्योगमा साजित र उनकी श्रीमतीको ५०/५० प्रतिशत शेयर थियो। साजितले श्रीमतीको नाममा रहेको ५० प्रतिशत शेयर लामालाई बेचेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। 

घटनापछि साजित सम्पर्कविहीन रहेको प्रहरीको भनाइ छ। लामामाथि खुकुरी हान्ने विराटनगर महानगरपालिका–११ का २७ वर्षीय विमल कार्की पक्राउ परेका छन्। डीएसपी श्रेष्ठका अनुसार घटनामा प्रयोग भएको खुकुरी सहित कार्कीलाई पक्राउ गरिएको हो। भाग्दै गरेको अवस्थामा कार्कीलाई विराटनगरको कोसी अस्पताल नजिकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनामा संलग्न भनिएका अर्का एक युवा फरार छन्। पहिचान खुल्न बाँकी रहेका ती युवाको खोजी तीव्र पारिएको डिएसपी श्रेष्ठले बताए।

प्रकाशित: Sep 26, 2021| 14:24 आइतबार, असोज १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।