आइतबार, जेठ १७, २०८३

मोरङ सुनवर्षीको एक मिलमा आगो लाग्दा ७० लाखको क्षति

मोरङको सुनवर्षी नगरपालिका–३ स्थित एउटा मिलमा शनिबार राति आगलागी भएको छ।
 |  आइतबार, असोज १०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज १०, २०७८

विराटनगर– मोरङको सुनवर्षी नगरपालिका–३ स्थित एउटा मिलमा शनिबार राति आगलागी भएको छ।

National life

आगलागीमा परेर अरुण सिंहले सञ्चालन गरेको ‘बोलबम चिउरा मिल’मा पूर्ण रूपमा क्षति पुगेको छ। 

मिलमा धान, चिउरा र पिठो कुटाउने गरिन्थ्यो। मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार मिल सञ्चालन गरिएको ४ कोठे भवनमा राति ९ः५० बजेतिर अचानक आगलागी भएको हो। प्रहरी, स्थानीय बासिन्दा र ६ वटा दमकलको सहयोगमा राति ११ः३० बजेतिर मात्रै आगो नियन्त्रणमा लिइएको उनले बताए। 

आगलागीको कारण खुल्न सकिरहेको छैन । विद्युत सर्ट हुँदा आगलागी भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । आगलागीमा ७० लाख रूपैयाँ बराबरको क्षति भाएको डीएसपी श्रेष्ठले बताए।

आगलागीमा परेर मिल सञ्चालन गरिएको दुईवटा कोठा, दुईवटा मेसिन, मिलमा रहेको धान, भुस, पिठो र चिउरा पूर्ण रूपमा नष्ट भएको प्रहरीले जनाएको छ।

Shivam cement

प्रकाशित: Sep 26, 2021| 13:20 आइतबार, असोज १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।