सोमबार, असार २२, २०८३

ईपीएलमा विराटनगरविरुद्ध चितवनको पहिलो जित

जारी एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा चितवन टाइगर्सले विराटनगर वारियर्सविरुद्ध जित निकालेको छ।
 |  आइतबार, असोज १०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज १०, २०७८

काठमाडौं– जारी एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा चितवन टाइगर्सले विराटनगर वारियर्सविरुद्ध जित निकालेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा आइतबार सम्पन्न खेलमा चितवनले दुई विकेटको जित निकालेको हो।

चितवनको जितमा भिम सार्कीले ३० रन बनाए भने दिलिप नाथले २३ रन जोडे। त्यस्तै, राजेश पुलामीले २३ र करिम जानटले १९ रन बनाए।

कप्तान सोमपाल कामीले ९ रन बनाए भने राजेश पुलामीले ४३ रन बनाए। यता विराटनगरका सिकन्दर राजा र करण केसीले समान दुई–दुई विकेट लिए भने रियन पठान र प्रतिस जिसीले समान १–१ विकट लिए।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले पूरा ओभर खेल्दै ९ विकेटको क्षतिमा १५१ रन बनाएको थियो। पहिलो ओभरमा दुई र तेस्रो ओभरमै तीन विकेट गुमाएको विराटनगरका अनिल शाहले ३२ रन र राजाले ६७ रन बनाएका थिए। सौरभ खनालले ३० रन बनाउनुबाहेक अन्य खेलाडीले सम्झनलायक प्रदर्शन गरेनन्।

यता चितवनका सोमपाल, कमल सिंह ऐरी, जनत र सागर ढकालले समान २–२ विकेट गिराए।

प्रकाशित: Sep 26, 2021| 13:17 आइतबार, असोज १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।