आइतबार, मंसिर २८, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • एनभीए क्लब च्याम्पियनसिप आजबाट, आर्मी र कर्णालीको खेलसँगै उद्घाटन

एनभीए क्लब च्याम्पियनसिप आजबाट, आर्मी र कर्णालीको खेलसँगै उद्घाटन

नेपाल भलिबल संघ (एनभीए) ले आयोजना गरेको राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप आजबाट सुरु हुँदैछ।
 |  आइतबार, असोज १०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज १०, २०७८

काठमाडौ– नेपाल भलिबल संघ (एनभीए) ले आयोजना गरेको राष्ट्रिय क्लब  भलिबल च्याम्पियनसिप आजबाट सुरु हुँदैछ।

National life

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आइतरबार सुरु हुने प्रतियोगिता एक हप्तासम्म चल्नेछ।

प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशको सामना गर्नेछ।

हिजो  (शनिबार) सार्वजनिक भएको तालिका अनुसार आज पहिलो दिन चार खेल हुँदैछन्। दोस्रो खेलमा एपीएफले डोरपाटनको सामना गर्नेछ।

त्यस्तै, तेस्रो खेलमा बाग्मतीले जीएससीको सामना गर्नेछ। आजको अन्तिम खेल साढे तीन बजे सुरु हुनेछ। सो खेलमा नेपाल पुलिस क्लबले डीएमसीको सामना गर्नेछ।

Laxmi sunrise bank
kumari

च्याम्पियनसिपमा पुरुषतर्फ १२ ‍ र महिलातर्फ ६ टिमको सहभागी छन्। क्लब च्याम्पियनसिपबाट पुरुषतर्फ ७ र महिलाको ५ टोलीले यो वर्षको अन्तिममा हुने क्लब लिगमा स्थान बनाउने छन्।

यो प्रतियोगिताको विजेताले ४ लाख पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेताले २ लाख पाउने छन्। त्यस्तै तेस्रोले १ लाख प्राप्त गर्नेछ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्दा विधागततर्फ उत्कृष्ट हुनेले १० हजार पाउने छन्।

प्रकाशित: Sep 26, 2021| 09:46 आइतबार, असोज १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।