सोमबार, असार २२, २०८३

नेपाली फुटबल टिम र ओमनको मैत्रीपूर्ण खेल आज

साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले आइतबार ओभनसँग मैत्रीपूर्ण खेल खेल्दैछ। कतारमा दुई हप्ताको अभ्यासमा रहेको नेपाली टिमले ओमनसँग अभ्यास खेल खेल्न लागेको हो।
 |  आइतबार, असोज १०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज १०, २०७८

काठमाडौं- साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले आइतबार ओभनसँग मैत्रीपूर्ण खेल खेल्दैछ। कतारमा दुई हप्ताको अभ्यासमा रहेको नेपाली टिमले ओमनसँग अभ्यास खेल खेल्न लागेको हो।

अब नेपालले ओमनको युनिभर्सिटी मैदानमा आज राति पौने १० बजेबाट खेल सुरु गर्नेछ। नेपाली टिम कतार बसाइको अन्तिम चरणमाछ। अक्टोबर १ बाट माल्दिभ्स सुरु हुने खेलमा नेपालले उद्घाटन खेल नै खेल्नेछ।

उद्घाटन खेलमा नेपाललमा माल्दिभ्सको सामना गर्नेछ। माल्दिभ्स आयोजकका साथै साबिक विजेता पनि हो। तसर्थ नेपाललाई पहिलो खेलमै निकै कठिन प्रतिद्वन्द्वी आफ्नो भागमा परेको छ।

यता नेपाली टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाली टिमले निकै राम्रो तयारी गरिरहेको जानकारी दिएका छन्। उनले बलियो टिम निर्माणका लागि धेरै म्याच एस्पोजर चाहिने भन्दै अन्तिम समयमा नेपाली टिमलाई ओमनसँग मैत्रीपूर्ण खेल आयोजना गरेका हुन्।

यसअघि नेपाली टिमले कतारकै स्थानीय क्लबसँग मैत्रीपूर्ण खेल खेलेको थियो।

त्यसअघि नेपालले नेपाली भूमिमा इन्डियासँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो। त्यसमा एक खेलमा नेपालले हार बेहोरेको थियो भने अर्को खेलमा नेपाल विजयी भएको थियो।

अब नेपालले असोज १५ मा माल्दिभ्सँग पहिलो खेल खेल्नेछ। प्रतियोगिताको फाइनल खेल असोज ३० गते हुनेछ।

प्रकाशित: Sep 26, 2021| 09:40 आइतबार, असोज १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।