सोमबार, असार २२, २०८३

ईपीएलमा आज विराटनगरसँग चितवन र भैरहवासँग पोखरा भिड्दै

एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा आज दुई खेल हुँदैछन्। आजको पहिलो खेल साढे ९ बजे सुरु हुनेछ भने आजको दोस्रो खेल साढे १ बजे सुरु हुनेछ।
 |  आइतबार, असोज १०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज १०, २०७८

काठमाडौं– एभरेस्ट प्रिमियर लिग (ईपीएल) मा आज दुई खेल हुँदैछन्। आजको पहिलो खेल साढे ९ बजे सुरु हुनेछ भने आजको दोस्रो खेल साढे १ बजे सुरु हुनेछ।

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा हुने आजको पहिलो खेलमा विराटनगर वारियर्सले चितवन टाइगर्सको सामना गर्नेछ।

करण केसीको कप्तानीमा रहेको विराटनगरको टिम पहिलो जितको लागि मैदान उत्रने छ भने सोही उद्देश्यका साथ सोमपाल कामीको कप्तानी रहेको चितवन पनि मैदान उत्रने छ।

यता दिउँसो हुने खेलमा भैरहवा ग्लाडिएटर्सले पोखरा राइनोजको सामना गर्नेछ। सो खेलमा भैरहवा सरद भेषावकरको कप्तानीमा रहनेछ भने पोखराको टिमको नेतृत्व विनोद भण्डारीले गर्नेछन्। 

लिगको उद्घाटन खेलमा काठमाडौं किंग्स इलेवेनले साविक विजेता ललितपुर प्याट्रिओट्सलाई हराएको थियो।

प्रकाशित: Sep 26, 2021| 07:55 आइतबार, असोज १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।