सोमबार, असार २२, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • ला लिगाः रियल मड्रिडको बराबरी, पुछारको टिमसँग एट्लेटिको पराजित

ला लिगाः रियल मड्रिडको बराबरी, पुछारको टिमसँग एट्लेटिको पराजित

स्पेनिस ला लिगाअन्तर्गत शनिबार रातिको खेलमा रियल मड्रिडले घरेलु मैदान सान्टियागो बर्नाबेउमा पाहुना टिम भिल्लारियसँग गोलरहित बराबरी खेलेको छ।
 |  आइतबार, असोज १०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज १०, २०७८

काठमाडौं– स्पेनिस ला लिगाअन्तर्गत शनिबार रातिको खेलमा रियल मड्रिडले घरेलु मैदान सान्टियागो बर्नाबेउमा पाहुना टिम भिल्लारियसँग गोलरहित बराबरी खेलेको छ।

बराबरीका बाबजुद सात खेलबाट १७ अंक बनाएको रियल मड्रिड शीर्षस्थानमा छ। यता पराजित भिल्लारियल ८ अंकका साथ १०औं स्थानमा छ।

त्यस्तै, ला लिगाको साविक विजेता एट्लेटिको मड्रिड सातौं खेलमा पराजित भएको छ। उसले अलाभेसको घरेलु मैदानमा हार बेहोरेको हो।

एट्लेटिकोविरुद्ध भिक्टर लागुर्डियाले चौथो मिनेटमा गोल गर्दै अलाभेसलाई अग्रता दिलाएका थिए। खेल अवधिभर ७२ प्रतिशत समय बलमा नियन्त्रण बनाए पनि एट्लेटिको गोल गर्न नसकेपछि उसले लिगमा पहिलो हार बेहोरेको हो।

यो हारसँगै उसले सात खेलबाट १४ अंक बनाएको छ। यससँगै ऊ तेस्रो स्थानमा छ। समान १४ अंक भएको सेभिया गोल फरकका आधारमा दोस्रो स्थानमा छ।

यता विजेता अलाभेस भने लिगमा पहिलो जितसँगै तीन अंक जोडेर पुछारबाट दोस्रो स्थानमा छ।

प्रकाशित: Sep 26, 2021| 07:44 आइतबार, असोज १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।