सोमबार, असार २२, २०८३

लिग वानमा पीएसजीको उडानः ८ खेलसम्म अपराजित

फ्रान्सेली फुटबलअन्तर्गत शीर्ष डिभिजनको लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आठौं जित निकालेको छ।
 |  आइतबार, असोज १०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज १०, २०७८

काठमाडौं– फ्रान्सेली फुटबलअन्तर्गत शीर्ष डिभिजनको लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आठौं जित निकालेको छ। आठौं राउन्ड चलिरहेको लिग वानमा पीएसजीले शनिबार राति सत प्रतिशत जित निकालेको हो।

घरेलु मैदानमा पीएसजीको जितका लागि इड्रिसो गुएउ र जुलिनय ड्राक्जलरले गोल गरेका थिए। यससँगै पीएसजीले मोन्टेपिलरविरुद्ध २–० गोलको जित निकालेको हो।

यो जितसँगै पीएसजीले लिग वानमा २४ अंक बनाएको छ। उ दोस्रो स्थानको मार्सेल्लीभन्दा १० अंक माथि छ। यद्यपि मार्सेल्लीले ६ खेल मात्र खेलेको छ। सात खेल खेलेको निस १३ अंकका साथ तेस्रो स्थानमा छ भने आठ खेलबाट १३ अंक जोडेको लोरियन्ट चौथो स्थानमा छ।

यससँगै पीएसजीले आठौं खेलसम्म शतप्रतिशत जिन निकालेको छ। पराजित मोन्टेपिलर भने ९ अंकका साथ ११ औं स्थानमा छ।

प्रकाशित: Sep 26, 2021| 07:35 आइतबार, असोज १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।