सोमबार, असार २२, २०८३

ब्रेन्टफर्डसँग बराबरीमा रोकियो लिभरपुल, शीर्षस्थान कायमै

शनिबार राति सम्पन्न इंग्लिस प्रिमियर लिग (ईपीएल) को एक खेलमा लिभरपुलले यो सिजन बढुवा भएर आएको ब्रेन्ठटफर्डसँग बराबरी गरेको छ।
 |  आइतबार, असोज १०, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, असोज १०, २०७८

काठमाडौं– शनिबार राति सम्पन्न इंग्लिस प्रिमियर लिग (ईपीएल) को एक खेलमा लिभरपुलले यो सिजन बढुवा भएर आएको ब्रेन्ठटफर्डसँग बराबरी गरेको छ।

ब्रेन्टफर्डको मैदानमा सम्पन्न खेलमा उसले पाहुना टिम लिभरपुलसँग ३–३ गोलको बराबरी खेलेको हो।

एक गोलले पछि परेको अवस्थामा लिभरपुलका डियागो जोटाले गोल गर्दै लिभरपुललाई बराबरी गराएका थिए। दोस्रो हाफको ६५औं मिनेटमा मोहम्मद सलाहले गोल गर्दै अग्रता दिलाए पनि घरेलु टिमका विटाली जानलेटले ६३औं मिनेटमा गोल गर्दै खेललाई बराबरी गरे।

त्यसपछि ६७औं मिनेटमा पाहुनो टिमका कुर्टिज जोन्स र ८२औं सिमेटमा घरेलु टिमका योआन विस्साले गोल गरेपछि खेल ३–३ गोलको बराबरी भएको हो।

यो बराबरीसँगै लिभरपुल अहिले ईपीएल अंकतालिकाको शीर्षस्थानमा छ। उसले १४ अंक बनाएको छ। समान १३ अंक भएका म्यानचेस्टर सिटी, चेल्सी र युनाइटेड क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा छन्। ईपीएलमा आज आर्सनल र टोटेनहम भिड्दैछन्।

प्रकाशित: Sep 26, 2021| 07:23 आइतबार, असोज १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।