काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले बलाधिकृत रथी प्रभुराम शर्मालाई कायम मुकायम प्रधानसेनापतिमा नियुक्त गरेकी छन्।
सैनिक ऐन, २०६३को दफा ८ को उपदफा (३) अनुसार मन्त्रीपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले बलाधिकृत रथी शर्मालाई आइतबार कायम मुकायम प्रधानसेनापति नियुक्त गरेकी हुन्।
प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाको तीन वर्षे पादवधि मिति भदौ २४ गतेबाट समाप्त हुने भई अनिवार्य अवकाश पाउने र उनी साउन २४ गतेबाट घरबिदामा बस्ने भएकाले शर्मालाई कायममुकायम दिइएको हो। प्रधानसेनापतिले अवकाशको एक महिनाअघि बिदा बस्ने प्रचलन छ।