शुक्रबार, कात्तिक २८, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • लुम्बिनीका १० जिल्लाका पालिकामा कांग्रेस अधिवेशन सुरु, दुई प्यानल चुनावी मैदानमा

लुम्बिनीका १० जिल्लाका पालिकामा कांग्रेस अधिवेशन सुरु, दुई प्यानल चुनावी मैदानमा

लुम्बिनीमा प्रदेशमा बाँके र गुल्मी बाहेक १० वटै जिल्लामा नेपाली कांग्रेस गाउँ-नगरको अधिवेशन सुरु भएको छ। बिहान ८ बजेदेखि निर्वाचनको कार्यक्रम सुरु भएको हो। लुम्बिनीका १२ जिल्लामध्ये बाँकेमा भने क्रियाशील सदस्यता विवाद अझै टुंगिएको छैन।
 |  शनिबार, असोज ९, २०७८

विनोद परियार

विनोद परियार

शनिबार, असोज ९, २०७८

National life
Laxmi sunrise bank
kumari
बुटवल- लुम्बिनीमा प्रदेशमा बाँके र गुल्मी बाहेक १० वटै जिल्लामा नेपाली कांग्रेस गाउँ-नगरको अधिवेशन सुरु भएको छ। बिहान ८ बजेदेखि निर्वाचनको कार्यक्रम सुरु भएको हो। लुम्बिनीका १२ जिल्लामध्ये बाँकेमा भने क्रियाशील सदस्यता विवाद अझै टुंगिएको छैन।

बर्दियाको विवाद भने केही दिनअघि हल गरिएको थियो। बाँकेमा क्रियाशील र गुल्मीमा आन्तरिक विवादले गाउँ-नगरको अधिवेशन नहुने भएको हो। गुल्मीका आन्तरिक विवाद छ।

बाँकी जिल्लामा शनिबार गाउँ-नगरको अधिवेशन सुरु भएको छ। नेपाली कांग्रेसको गाउँ-नगर अधिवेशनका लागि गुटगत दुई प्यानल चुनावी मैदानमा छन्। लुम्बिनीका अधिकांश गाउँ-नगरमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको प्यानल घोषणा भएको हो।

बुटवलमा पाण्डे र केसी भिड्दै 

लुम्बिनीका चार उपमहानगरमा दुई समूहले प्यानल नै तयार बनाएका छन्। बुटवल उपमहानगरपालिकामा कांग्रेस उपमहानगरका सभापति खेलराज पाण्डे र रिता केसीले छुटाछुट्टै प्यानल घोषणा गरेका छन्। पाण्डे पौडेल समूहबाट चुनावी मैदानमा छन् भने केसी देउवा गुटबाट उठेकी हुन्। तेस्रो कार्यकालका लागि पाण्डे बुटवल उपमहानगरको सभापतिका लागि चुनावी मैदानमा छन्।  

पाण्डेको नेतृत्वमा उपसभापतिमा ज्योति भण्डारी र हितमान पुन, सचिवमा छायाँ पोखरेल र गङ्गा पन्थी, सहसचिवमा देवलाल अर्गली र पुरूषोत्तम खनाल चुनावी मैदानमा छन् । गृहमन्त्री बालकृष्ण खाँणको गृह जिल्ला बुटवलको चुनावलाई देउवा पक्षले निकै महत्त्वका साथ हेरेको छ । 

महिला उम्मेद्वारका रूपमा केसीलाई देउवा पक्षले अघि सारेको हो। केसीको नेतृत्वमा उपसभापतिमा नरबहादुर रजाली र हरिलाल सुनार, सचिवमा जयप्रकाश भट्टराई र सन्तोष पौडेल, सहसचिवमा सुदन बास्कोटा र गणेश घिमिरे छन्।

घोराही र तुल्सिपुरमा दुई प्यानल 

दाङ जिल्लामा दुईवटा उपमहानगर छन्। प्रदेशका अन्य जिल्लाको तुलनामा दाङमा नेपाली कांग्रेसको पकड राम्रो मानिन्छ।  घोराही उपमहानगरपालिकामा कांग्रेस सभापतिका लागि तीन जना आकांक्षी छन्। पौडेल पक्षबाट घोराही–१५ का वडाध्यक्ष रमेश पाण्डे सभापतिका उम्मेद्वार हुन्।  नेविसंघको राजनीतिबाट आएका दीपक पाण्डे  र तिलक रावत पनि सभापतिका दाबेदार हुन्। 

यस्तै दाङको तुलसीपुर नगर सभापतिमा सुरेश हमाल, अनिल कार्की र शोभाकर सापकोटाबिच चुनावी मैदानमा होमिने छन्। सभापतिका आकांक्षी हमाल र सापकोटालाई पौडेल पक्षका भनेर चिनिन्छ भने अनिल कार्की देउवा समूहका हुन्। 

नेपालगञ्जमा तीन जना आकांक्षी 

बाँकेमा क्रियाशील सदस्यता विवादका अधिवेशन हुन पाएन। तर, नेपालगञ्ज उपमहानगरमा हालका नगर सभापति प्रशान्त विष्ट, नेपालगञ्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापा मगर र तरुण दल जिल्ला सचिव विनोद रिजाल सभापतिका आकांक्षी हुन्। 

उपप्रमुख थापा कोइराला परिवारसँग निकट मानिन्छिन् भने रिजाल र विष्ट देउवा समूहका हुन्। चर्चामा तीन जनाको नाम आए पनि अन्ततः विष्ट र थापाको प्रतिस्पर्धा हुने आकलन कार्यकर्ताहरूले गरेका छन्। ‘मेरो स्वभाविक दाबी पनि हो। तर, महाधिवेशनकै टुंगो छैन,’  थापाले भनिन्। उनले क्रियाशील सदस्यता विवाद समाधानमा नेतृत्व गम्भीर हुन नसकेको बताइन्। 

जिल्ला-जिल्लामा दुई प्यानल 

गृहमन्त्री बालकृष्ण खाँणको गृहनगर रुपन्देहीको तिलोत्तमामा नगर सभापतिको लागि नारायण न्यौपाने र हरिलाल पाण्डे चुनावी मैदानमा उत्रेका छन्। न्यौपाने पौडेल गुटका हुन् भने पाण्डे देउवा गुटका हुन्। 

यस्तै सैनामैना नगरपालिकामा कृष्णप्रसाद पोखरेल र रणबहादुर खनालसमूहले उम्मेद्वारी घोषणा गरेका छन्। पोखरेल देउवा र खनाल पौडेल पक्षबाट चुनावी मैदानमा होमिएका हुन्। पोखरेललाई केन्द्रीय नेताहरू बालकृष्ण खाँण र खनाललाई भरत शाहले साथ दिएका छन्। 

खाँण र शाह देउवा गुटका हुन् तर जिल्लामा भने छुटाछुट्टै गुटबाट उम्मेद्वार खडा भएका छन्। यस्तै सिद्धार्थनगर नगरसमिति सभापतिमा संजीव शर्मा रेग्मी र कोशिशबहादुर खड्काको समूह चुनावी मैदानमा छ। रेग्मी पौडेल गुटका हुन् भने खड्का देउवा गुटका हुन्। 

रुपन्देहीमा ४ हजारभन्दा बढी कांग्रेसका मतदाताले गाउँ/नगरको चुनावमा मतदान गर्नेछन्। अधिकांशमा सर्वसमहती र केहीमा चुनाव हुने निर्वाचन अधिकृत भेषराज घिमिरेले बताए। 

यस्तै अर्घाखाँचीमा पनि कांग्रेस अधिवेशन सुरु भएको छ। सन्धिखर्क नगरपालिकामा बाबुराम भुसाल, विष्णुप्रसाद भुसाल र लिलाधर बस्यालबिच प्रतिस्पर्धा हुँदैछ। 

भूमिकास्थान नगरपालिकामा कांग्रेस नगर संयोजक रहेका खिमकुमार श्रेष्ठ ‘अशोक’ र नगरपालिका उपप्रमुख खडानन्द बेल्वासे मैदानमा उत्रेका छन्। पाणिनी गाउँपालिकामा सुरेन्द्रराज पोख्रेल, तुल्सी पौडेल र सालिकराम घिमिरेविच प्रतिस्पर्धा हुने भएको छ। 

मालारानी गाउँपालिकामा दुर्गाप्रसाद खनाल, राजेन्द्र विक र गोपाल जिसीले उम्मेद्वारी घोषणा गरेका छन्। छत्रदेव गाउँपालिकामा बालकृष्ण पोख्रेल, शोभाखर न्यौपाने र प्रकाशराज पन्थी सभापतीको लागि मैदानमा छन्।
प्रकाशित: Sep 25, 2021| 09:30 शनिबार, असोज ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।