सोमबार, जेठ १८, २०८३

बालमैत्री नगरमै बालिकालाई बाँधेर निर्घात कुटपिट

पौडेल कार्यरत फर्ममा बाख्रा पसेको निहुँमा बालिकालाई निर्घात कुटपिट भएकाले दोषीलाई कारबाही गर्न बालबालिकाको संस्था नगर बाल सञ्जालले माग गरेको छ।
 |  शुक्रबार, असोज ८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ८, २०७८

झापा– प्रदेश १ मा नै पहिलो पटक बालमैत्री नगर घोषणा गरिएको झापाको भद्रपुरमा ११ वर्षीया बालिकालाई बाँधेर निर्घात कुटपिट भएको छ। भद्रपुर-५ की ११ बर्षीया कविता राजवंशीमाथि स्थानीय कृषि फर्ममा काम गर्ने ३० वर्षीय अनिल पौडेलले खम्बामा बाँधेर कुटपिट गरेका हुन्। 

National life

पौडेल कार्यरत फर्ममा बाख्रा पसेको निहुँमा बालिकालाई निर्घात कुटपिट भएकाले दोषीलाई कारबाही गर्न  बालबालिकाको संस्था नगर बाल सञ्जालले माग गरेको छ। 

सुनसरीको इनरुवा घर भएका पौडेलले खम्बामा बाँधेर बालिकालाई कुटपिट गरेकाले कारबाहीको माग गरिएको नगर बाल क्लव सञ्जाल भद्रपुरकी अध्यक्ष आरध्या प्याकुरेलले बताइन्। बालबालिकाको स्वतन्त्र रूपमा बाँच्न पाउने संवैधानिक हकको हनन भएको हुँदा आवश्यक छानबिन गरी दोषीउपर कानुन बमोजिम कडाभन्दा कडा सजाय गर्न सञ्जालको माग छ। 

बुधबार बाख्राले बाली खाएको निहुमा बाँधेर कुटपिट गरेको पाइएको भद्रपुर नगरपालिकाका प्रमुख जीवन श्रेष्ठले बताए। उनका अनुसार बालिकाको घरका बाख्रा नभएर अर्कौको बाख्राले बाली खाएको थियो। तर पौडेलले बालिकाकै बाख्राले बाली खाएको भन्दै निर्घात कुटपिट गरेको पाइएको छ। 

बालिका कुटपिट गर्नेलाई नियन्त्रणमा लिएर कारबाही गर्नका लागि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरीमा उजुरी दिएपनि कुनै कारबाही नभएको नगर प्रमुख श्रेष्ठले बताए।

Shivam cement

बालिका कुटपिट गर्नेले उनका घरमा आएर उजुरी नहाल्न चेतावनी दिएको पाइएपछि नगर बाल क्लव सञ्जालका तर्फबाट उजुरी गरिएको सञ्जाल अध्यक्ष प्याकुरेलले बताइन्।

भद्रपुर नगरपालिका प्रदेश १ कै पहिलो बालमैत्री नगरपालिका हो। गत वर्षको पुस ७ गते भद्रपुरलाई बमलमैत्री नगर घोषणा गरिएको थियो।


प्रकाशित: Sep 24, 2021| 23:06 शुक्रबार, असोज ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।