आइतबार, जेठ १७, २०८३

जिल्ला सभापतिका उम्मेदवार संग्रौला वडामै पराजित

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मोरङको जिल्ला सभापतिमा उम्मेदवारी दिने बताउँदै आएका मदन संग्रौला वडामै पराजित भएका छन्।
 |  शुक्रबार, असोज ८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ८, २०७८

विराटनगर– नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मोरङको जिल्ला सभापतिमा उम्मेदवारी दिने बताउँदै आएका  मदन संग्रौला वडामै पराजित भएका छन्। उनी मोरङ कांग्रेसका पूर्व सचिव हुन्। 

National life

रंगेली नगरपालिका ३ बाट क्षेत्रीय प्रतिनिधिका उम्मेदवार रहेका संग्रौलाले १५७ मत प्राप्त गरे। शुक्रबार सार्वजनिक भएको अन्तिम मत परिणाममा उनी पराजित भएका हुन्। उनी भन्दा माथिका क्षेत्रीय प्रतिनिधिले १७७ मत ल्याएर विजयी भएका थिए। क्षेत्रीय प्रतिनिधिमै पराजित भएपछि संग्रौला जिल्ला सभापतिको उम्मेदवार हुन नपाउने भएका छन्। 

को–को भए वडामै पराजित

नेपाली कांग्रेसमा सक्रिय र सम्भावना भएका केही नेताहरु वडामै पराजित भएका छन्। पहिलो चरणको मतपरिणाम आउने क्रम जारी छ। मोरङका १७ वटै स्थानीय तहको अन्तिम परिणाम आइसक्ने शनिबार दिनभर लाग्ने देखिएको छ। 

वडामा पराजित हुनेमा कटहरी गाउँपालिकाका उपप्रमुख मञ्जिता सरदार, नेपाल महिला संघकी पूर्वअध्यक्ष शान्ता रिजाल, विराटनगर १२ की महिला नेतृ रिता पोखरेल, नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय सदस्य हरि भट्टराई, नेपाल ट्रेड युनियन प्रदेश १ का उपाध्यक्ष डिगप्रसाद घिमिरे, कांग्रेस पूर्व जिल्ला सदस्य आमोद झा, नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर १ (क) का सभापति प्रकाश थापा, उर्लाबारी ५ का वडाध्यक्ष तथा नगरका प्रवक्ता भानुभक्त पराजुली, नेपाल सरकारका पूर्व उपसचिव टेकप्रसाद कट्टेल वडामै पराजित भएका छन्।

Shivam cement

वडा अधिवेशनको अन्तिम मतपरिणाम आउन बाँकी छ। अझै केही चर्चित नेताहरु वडामै पराजित हुने कांग्रेस नेताहरु बताउँछन्। पहिलो चरण अन्तर्गत विराटनगर ६ मा शुक्रबार मतदान भएको छ। विराटनगर ११ को वडा अधिवेशन भने स्थगित छ।

प्रकाशित: Sep 24, 2021| 18:29 शुक्रबार, असोज ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।