बिहीबार, भदौ ४, २०८३

दसैँको टीकाको उत्तम साइत बिहान १० बजेर २ मिनेटमा

असोज २१ गते बिहीबार घटस्थापना गर्ने ११:४६ मा रहेको उनले बताए। उनका अनुसार घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११:४६ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्छ।
 |  शुक्रबार, असोज ८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ८, २०७८

काठमाडौँ- नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादशैँमा टीकाको उत्तम साइत २९ गते बिहान १० बजेर  २ मिनेटमा हुने सार्वजनिक गरेको छ। समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले दसैँसम्बन्धी विभिन्न साइत सार्वजनिक गर्दै यस्तो बताएका हुन्।  

असोज २१ गते बिहीबार घटस्थापना गर्ने ११:४६ मा रहेको उनले बताए। उनका अनुसार घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११:४६ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्छ। 

यद्यपि दसैँको टीका दिनभर लगाउन सकिने समेत समितिले बताएको छ। टीका लगाउने मानिस पूर्व फर्किएर कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसाद लगाउन सकिन्छ। आश्विन शुक्ल पूर्णिमाका दिन कात्तिक २ गते कोजाग्रत पूर्णिमा परेको छ। 

प्रकाशित: Sep 24, 2021| 15:45 शुक्रबार, असोज ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।