बुधबार, फागुन २७, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • ५ देखि ११ वर्षका बालबालिकाले कहिले पाउँछन् कोरोनाविरुद्धको खोप?

५ देखि ११ वर्षका बालबालिकाले कहिले पाउँछन् कोरोनाविरुद्धको खोप?

युरोपियन युनियन (ईयू) को औषधि नियामक निकायले आगामी महिनादेखि ५ देखि ११ वर्षका बालबालिकालाई फाइजर खोप लगाउन सकिने जनाएको छ।
 |  शुक्रबार, असोज ८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ८, २०७८

बर्सेल्स - युरोपियन युनियन (ईयू) को औषधि नियामक निकायले आगामी महिनादेखि ५ देखि ११ वर्षका बालबालिकालाई फाइजर खोप लगाउन सकिने जनाएको छ। 

National life

औषधि नियामक निकायले अक्टोबर पहिलो साता फाइजरले अक्टोबरको पहिलो साता आफ्नो तथ्यांक उपलब्ध गराइसक्ने र मोर्डेनाले नोभेम्बर पहिलो साता आफ्नो तथ्यांक उपलब्ध गराइसक्ने जनाएको छ। 

कोरोनाविरुद्ध खोप उत्पादक कम्पनी दुबैले परीक्षण रिपोर्ट बुझाइसकेपछि खोप लगाउन सुरु गरिने बताइएको छ। युरोपियन मेडिसिन एजेन्सीले पनि अक्टोबरदेखि नै कोभिड बुस्टर खोप पनि सुर गरिने बताएको छ। 

युरोपियन मेडिसिन एजेन्सिले कोरोनाको संक्रमण र संक्रमणपछि हुने समस्यालाई केही हदसम्म नियन्त्रण गर्नका लागि बुस्टर खोप सुरु गरिने जनाएको हो । 

त्यसैगरि एन्टिभाइरल पिल्स र एन्टिभाइरल मोनोक्लोनल एन्टिबडी उपचार घरमा नै गर्न सकिने ईएमएले जनाएको छ। 

Laxmi sunrise bank
kumari

सन् २०१९ को डिसेम्बर अन्तिममा चीनको वुहानबाट सुरु भएको कोरोना महामारीको डेल्टा भेरियन्टले अहिले विश्‍वभर संक्रमण फैलिइरहेको छ। डेल्टा भेरियन्ट नियन्त्रणका लागि बुस्टर खोप आवश्यक भएको विज्ञहरुले बताइरहेका छन्। 

बालबालिकाले खोप नपाएका कारण बढी जोखिम भएको भन्दै चेतावनी जारी भइरहेकको समयमा अब चाँडै बालबालिकाका लागि पनि खोप उत्पादन हुने विश्‍वभर लगाउनका लागि वितरण गरिने जनाइएको छ। 


 

प्रकाशित: Sep 24, 2021| 05:10 शुक्रबार, असोज ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।