शनिबार, वैशाख २६, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • चीनभन्दा पहिले एसिया-प्यासिफिक व्यापार सम्झौतामा ताइवानमा अपिल

चीनभन्दा पहिले एसिया-प्यासिफिक व्यापार सम्झौतामा ताइवानमा अपिल

ताइवानले चीनभन्दा पहिले एसिया-प्यासिफिक व्यापार सम्झौतामा जोडिनमा लागि आवेदन दिएको छ। चीनले आवेदन दिनुभन्दा एकदिन अगाडि ताइवानको आवेदन गरेको हो।
 |  बिहीबार, असोज ७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ७, २०७८

ताइवान- ताइवानले चीनभन्दा पहिले एसिया-प्यासिफिक व्यापार सम्झौतामा जोडिनमा लागि आवेदन दिएको छ। चीनले आवेदन दिनुभन्दा एकदिन अगाडि ताइवानको आवेदन गरेको हो। 

National life

यदि चीन पहिले जोडिएको अवस्थामा ट्रान्स-प्यासिफिक पार्टनसिपको बृहत र प्रगतिशील सम्झौता (सीपीटीपीपी) खतरामा पर्नसक्ने चेतावनी पनि दिइएको छ। ताइवान र चीनबीच निकै जटिल सम्बन्ध रहँदै आएको छ। 

ताइवानले आफूलाई स्वतन्त्र मुलुक दाबी गर्दै आएको छ भने चीनले भने ताइवान चीनको हिस्सा भएको दाबी गरिरहेको छ। 

ताइवानमा प्रमुख व्यपार वार्ताकार जोन देङले बिहीबार यदि सीपीटीपीपीमा चीन जोडिएमा यसले ताइवान सदस्य बन्‍ने सम्भावना खतरामा पर्ने बताएका हुन्। 

उक्त सम्झौतामा जोडिनका लागि ११ वटा राष्ट्रको सहमति जुटाउनुपर्ने हुन्छ। जापानी विदेशमन्त्री तोसिमित्सु मोतेगीले बिहीबार ताइवानको आवेदनलाई स्वागत गर्दै सम्झौतामा जोड्‍न सहयो गर्ने बताएको जापानी सञ्‍चारमाध्यम कोयदो न्युजले जनाएको छ। 

सीपीटीपीपी सुरुवातमा चीनलाई काउन्टर गर्नका लागि अमेरिकाले सुरुवात गरेको थियो। तर, पछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा अमेरिका उक्त सम्झौताबाट बाहिरिएको थियो। 

यसले विभिन्‍न क्षेत्रका मुलुकहरुलाई एक संगठनमा जोडेर व्यापारका लागि सहयोग गर्दै आएको छ। चीनले भने हालसम्म ताइवानको आवेदनप्रति कुनै प्रतिक्रिया दिएको छैन। 

प्रकाशित: Sep 23, 2021| 23:20 बिहीबार, असोज ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।