बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • असोज ११ देखि लामो दूरीका सवारीसाधनको अग्रिम टिकट 'बुकिङ'

असोज ११ देखि लामो दूरीका सवारीसाधनको अग्रिम टिकट 'बुकिङ'

काठमाडौं उपत्यकाबाट बाहिरिनेहरुका लागि यही असोज ११ गतेदेखि लामो दूरीमा चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाइने भएको छ।
 |  बिहीबार, असोज ७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ७, २०७८

काठमाडौं- काठमाडौं उपत्यकाबाट बाहिरिनेहरुका लागि यही असोज ११ गतेदेखि लामो दूरीमा चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाइने भएको छ।

यातायात व्यवस्था विभागले बिहीबार यातायात व्यवसायी, उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीसँगको छलफलपछि असोज ११ गतेदेखि लामो दूरीमा चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको हो। यसअघि वर्षाका कारण सडकमा धेरै क्षति पुगेको र सवारी साधन सञ्‍चालन गर्न समस्या रहेको बताउँदै यातायात व्यवसायीले सडक मर्मत गरेर मात्र दसैंको अग्रिम टिकट खोल्नुपर्ने बताउँदै आएका थिए।

शुक्रबार सडक मर्मत सम्भारको विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव शिशिरकुमार ढुंगानासँगको छलफलपछि उचित निर्णय लिने सहमति भएपनि अग्रिम टिकट बुकिङ खोल्न तयार भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले जानकारी दिए। उनले सडकका कारण समयमा गाडी आउन नसके त्यसको जवाफदेही आफूहरु नहुने पनि स्पष्ट पारेका छन्। 

महासंघले भाडा समायोजनको विषयमा संघीय सरकारले निर्णय गरेको तर कतिपय प्रदेश सरकारले अझै भाडा समायोजन नगरेकाले तत्काल भाडा समायोजन गर्न माग गरेको छ।

महासचिव सिटौलाले भने, ‘विभिन्‍न ठाउँमा विभिन्‍न ढंगबाट छलफल भएका छन्, नेपालीहरुको महान पर्व विजयादशमी, दीपावली, छठलगायतका यी महत्वपूर्ण पर्वमा हरेक वर्ष चाडबाडमा अग्रिम टिकटको व्यवस्था एक महिना अथवा १५ दिन पहिला गर्ने परम्परा रहेको थियो। पोहोर कोभिड १९ को कारणले गर्दा अग्रिम टिकट नै नखोली सामान्य ढंगबाट यात्रुहरु पनि त्रसित भएको अवस्थाले सबै मिलेर यात्रुहरुको व्यवस्थापन गर्यौं। बाटो अवरुद्ध भएर गाडी आउन सकेन भने त्यसको जवाफदेही हामी हुनेछैनौँ, असोजको ११ गतेबाट अग्रिम टिकटको सुरुवात हुन्छ, त्यहाँबाट ठाउँ, यात्रुको चापको परिस्थिती हेरेर क्रमशः अघि बढ्छौँ।’

महासंघका महासचिब सिटौलाले नागरिक साहायत कक्षहरु राजधानीका बसपार्क लगायतका सातै प्रदेश र सबै जिल्लामा राख्‍न छलफल भएको जानकारी दिए। उनले अनलाइन प्रविधिमाफत् बुकिङ गर्न चाहनेले सहजै बुकिङ गर्ने व्यवस्थाको सुरुवात गरेको यातायात कम्पनीहरुबाट सहजै बुकिङ गर्न सकिने बताए।


 

प्रकाशित: Sep 23, 2021| 19:05 बिहीबार, असोज ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।