आइतबार, जेठ १७, २०८३
  • गृहपृष्ठ
  • प्रदेश
  • डेढ वर्षपछि विराटनगर आए विजयकुमार गच्छदार, विमानस्थलमा स्वागत गर्ने भीड

डेढ वर्षपछि विराटनगर आए विजयकुमार गच्छदार, विमानस्थलमा स्वागत गर्ने भीड

नेपाली काग्रेसका उपसभापति तथा पूर्वमन्त्री विजयकुमार गच्छदारलाई विराटनगर विमानस्थलमा भव्य स्वागत गरिएको छ। ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गरेको अभियोग लागेपछि गच्छदार विराटनगर आएका थिएनन्।
 |  बिहीबार, असोज ७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ७, २०७८

विराटनगर– नेपाली काग्रेसका उपसभापति तथा पूर्वमन्त्री विजयकुमार गच्छदारलाई विराटनगर विमानस्थलमा भव्य स्वागत गरिएको छ। ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गरेको अभियोग लागेपछि गच्छदार विराटनगर आएका थिएनन्। 

National life

करिब १९ महिनापछि बिहीबार दिउँसो विराटनगर विमानस्थलमा ओर्लेका गच्छदारलाई नेपाली कांग्रेसका नेता–कार्यकर्ताहरुले भव्य स्वागत गरेका थिए। गच्छदारलाई विमानस्थलमा स्वागत गर्न प्रतिनिधिसभा सदस्य तथा कांग्रेस नेतृ डिला संग्रौला, प्रदेश १ संसदीय दलका नेता तथा कांग्रेस सुनसरी सभापति राजिव कोइराला, मोरङ सभापति डिगबहादुर लिम्वु लगायतका मोरङ, सुनसरीका नेपाली कांग्रेसका नेता कार्यकर्ता विमानस्थलमा पुगेका थिए। 

विराटनगर विमानस्थलमा ओर्लेलगत्तै सञ्चारकर्मीहरुसँग भेटघाटमा उपसभापति गच्छदारले आफूले कहिले पनि अनियमितता र भ्रष्टाचार नगरेको बताए। उनले प्रतिशोधका आधारमा राजनीतिक जीवन नष्ट गर्न खोजिएको दावी गरे। 

मन्त्रिपरिषद्को निर्णयमाथि अख्तियारले कारवाही गर्न नमिल्ने  र यदि कारवाही नै गर्नुपर्ने भएमा मन्त्रिपरिषद् माथि कारवाही गर्नुपर्ने उनको तर्क छ। नेता गच्छदारले न्यायालयले न्याय दिने विश्वास लिएको बताए। उनले भने,‘ भ्रष्टाचार गरेको वा अनियमितता गरेको दोषी ठहर भएमा जनताको अदालतमा फाँसी झुण्डिन तयार छु।’

प्रकाशित: Sep 23, 2021| 17:54 बिहीबार, असोज ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।