शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • फोटो
  • ६ महिनापछि उडान खुल्दा विमानस्थलमा जे देखियो (फोटोफिचर)

६ महिनापछि उडान खुल्दा विमानस्थलमा जे देखियो (फोटोफिचर)

स्वास्थ्य मापदण्ड पूरा गर्नका लागि विमानस्थलभित्रको प्रक्रिया भने कम्तीमा एक घन्टा लम्बिएको छ।
 |  सोमबार, असोज ५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, असोज ५, २०७७

कोरोना महामारीसँगै बन्द गरिएको आन्तरिक हवाई उडान करिब ६ महिनापछि आज सोमबारबाट खोलिएको छ ।

National life

चैत ११ गतेदेखि बन्द भएको आन्तरिक उडान आजबाट देशैभरका विमानस्थलमा खुला गरिएको हो। सरकारले असोज ५ गतेबाट आन्तरिक उडान खोल्ने यसअघि नै निर्णय गरेको थियो।

स्वास्थ्य मापदण्ड पूरा गर्नका लागि विमानस्थलभित्रको प्रक्रिया भने कम्तीमा एक घन्टा लम्बिएको छ। अब विगतमा एक घन्टाअगाडि विमानस्थल जानुपर्ने यात्रु दुई घन्टाअगाडि जानुपर्ने व्यवस्था गरिएको छ।

विमानस्थलभित्र कम्तीमा १ मिटरको भौतिक दूरी कायम गर्नुपर्ने व्यवस्था गरिएको छ । इ–टिकेटबाट मात्रै चेकइन हुनेछ । सबै यात्रुका लागि विमानस्थलमा दोहोरो तापक्रम चेकजाँच र स्यानिटाइजरको व्यवस्था गरिएको छ ।

Shivam cement

प्रकाशित: Sep 21, 2020| 11:55 सोमबार, असोज ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।