बिहीबार, भदौ ४, २०८३

रामेछापमा गोदाममै थन्कियो पीसीआर मेसिन

रामेछापमा कोरोना परीक्षणको लागि ल्याएको पीसीआर मेसिन जिल्ला अस्पतालको गोदाममा थन्किएको छ।
 |  बिहीबार, असोज ७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ७, २०७८

रामेछाप- रामेछापमा कोरोना परीक्षणको लागि ल्याएको पीसीआर मेसिन जिल्ला अस्पतालको गोदाममा थन्किएको छ। गत साउन २४ गते ल्याएको पीसीआर मेसिन सम्बन्धित निकायको ढिलासुस्तीका कारण गोदाममै थन्किएको हो। 

कोरोना परीक्षणको दर बढाउन वाग्मती प्रदेश सरकारको सहयोगमा उक्त मेसिन ल्याइएको थियो। मेसिन गोदाममा थन्किँदा कोरोना भाइरसको परीक्षणका लागि नागरिक काठमाडौँ, सिन्धुली, काभ्रेको धुलिखेललगायत ठाउँ धाउनुपर्ने बाध्यता छ। मेसिन थन्किदासमेत सरोकारवाला बेखबर भएको  मानवअधिकार संरक्षण सञ्जालका जिल्ला संयोजक पाण्डवप्रसाद प्रसाईंले बताए। 

जिल्ला अस्पतालका निमित्त प्रमुख दीपेन्द्रनारायण श्रेष्ठ भने मेसिन सञ्चालनको तयारी भइरहेको बताए। 'मेसिन मात्रै आएर हुँदैन, सञ्चालन गर्न संरचना र दक्ष जनशक्ति चाहिन्छ, त्यो अब पूरा हुँदैछ', उनले भने, 'चाँडै परीक्षण सेवा सुरु हुन्छ।'

जिल्ला अस्पतालमा पीसीआर मेसिन राख्न र अक्सिजन प्लान्ट राख्न आवश्यक संरचना निर्माण गर्ने काम अन्तिम चरणमा पुगेको उनले जानकारी दिए। जिल्लामा हालसम्म कोरोना सङ्क्रमणबाट २३ जनाको मृत्यु भइसकेको छ। तीन हजार १२१ जना सङ्क्रमित भएकामा तीन हजार ८०  सङ्क्रमणमुक्त भइसकेका छन्। -रासस

प्रकाशित: Sep 23, 2021| 13:34 बिहीबार, असोज ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।