बिहीबार, भदौ ४, २०८३

कोरोनाले थन्कियो अर्बौंको रुद्राक्ष

संखुवासभाको प्रमुख आम्दानीको स्रोत रुद्राक्ष बिक्री कोरोनाका कारण ठप्प भएको छ।
 |  बिहीबार, असोज ७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ७, २०७८

काठमाडौं- संखुवासभाको प्रमुख आम्दानीको स्रोत रुद्राक्ष बिक्री कोरोनाका कारण ठप्प भएको छ। यहाँ उत्पादन हुने रुद्राक्ष खरिद गर्न चिनियाँ व्यापारी नआउँदा किसानहरु मर्कामा परेका छन्।

वर्षनी ३ अर्बभन्दा बढीको आर्थिक कारोबार भइरहेको रुद्राक्ष चिनियाँ व्यापारीले खरिद गर्ने गरेका थिए। ‘चिनियाँ व्यापारी नआउँदा व्यापार ठप्प भएको छ,’ रुद्राक्ष व्यवसायी संघका अध्यक्ष चक्रबहादुर बिसुंखेले भने।

‘लकडाउन अघि रुद्राक्ष किन्न गाउँ–गाउँमा पुग्ने चिनियाँ व्यापारीहरु गत एक वर्षदेखि आएका छैनन्,’ उनले भने, ‘उत्पादन भएका रुद्राक्ष त्यत्तिकै थन्किएका छन्।’ भएका खेतबारी रुद्राक्षका बोटले भरिएका छन् तर कोरोना महामारी फैलिएसँगै बिक्री ठप्प भएको छ।

‘किसानहरुले रुद्राक्ष विगतमा जस्तै बिक्री होला भन्ने आशले मलजल र औषधिको लागि खर्च गरिरहेका छन्,’ उनले भने, ‘तर व्यापार हुने कुनै लक्षण छैन। संखुवासभा र भोजपुरका कृषकलाई ठूलो आर्थिक नोक्सनी हुने सम्भावना देखिएको छ।’


 संखुवासभा र भोजपुर वर्षनी अर्बौंको रुद्राक्ष कारोबार हुँदै आएकोमा गत वर्ष पनि लकडाउनले कारोबारमा हुन सकेन। यद्यपि, व्यापार हुने आशामा कृषकले रुद्राक्षमा थप लगानी गरे। विगतका वर्षहरुमा यो बेला चिनियाँ व्यापारीहरु खाँदबारीका सडक, गाउँघर र होटलमा छ्यापछ्याप्ती हुन्थे। तर यो वर्ष खाँदबारी सुनसान छ।

रुद्रक्षको व्यापार व्यवसायमा समेत लाग्दै आएका संखुवासभा उधोग वाणिज्य संघका अध्यक्ष युवराज शाक्य चिनियाँ व्यापारी आउन थालेपछि भारतीय व्यापारीहरु पूर्णरुपमा विस्थापित भएका कारण पनि बजार खुम्चिएको आंकलन गर्छन्।

रुद्राक्ष खरिद गर्न चिनियाँ व्यापारी आउनुअघि भारतीय व्यापारीहरु आएर रुद्राक्ष संकलन गर्ने गर्थे र उनीहरुले नै यहाँ उत्पादित रुद्राक्ष विश्वबजारमा पुर्‍याउँथे।

‘भारतीय व्यापारीहरुले प्रायः मुखदार दाना मात्र लैजान्थे,’ शाक्य भन्छन्, ‘चिनियाँ व्यापारीले बढी मूल्य हाल्न र सबै किसिमका रुद्राक्ष खरिद गर्न थालेपछि भारतीय व्यापारी विस्थापित भए।’

प्रकाशित: Sep 23, 2021| 10:21 बिहीबार, असोज ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।