बिहीबार, भदौ ४, २०८३

जिपको ठक्करबाट एकको मृत्यु

बेलका नगरपालिका–९ खारखोलामा जिपको ठक्करबाट सख्त घाइते भएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ।
 |  बिहीबार, असोज ७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज ७, २०७८

काठमाडौं- उदयपुर बेलका नगरपालिका–९ खारखोलामा जिपको ठक्करबाट सख्त घाइते भएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार ठक्करबाट गम्भीर घाइते भई उपचारका क्रममा मृत्यु हुने बेलका–२ का ४० वर्षीय रामचन्द्र राई रहेका छन्। बुधबार दिउँसो मदन भण्डारीमार्गअन्तर्गत पश्चिमबाट पूर्वतर्फ गइरहेको प्रदेश१–०२–००२च ४८७४ नंको बोलेरो जिपले बेलका–९ खारखोलाबाट पश्चिम जाँदै गरेको स४प ९१०५ नंको मोटरसाइकलमा सवार राईलाई ठक्कर दिएको थियो।

बलेरोको ठक्करबाट घाइते राईलाई तत्कालै उपचारका लागि सुनसरीस्थित बिपी मेमोरियल अस्पताल धरानमा लगेर उपचार गर्ने क्रममा घाइते राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक बेदप्रसाद गौतमले बताए। चालक र बोलेरोलाई इलाका प्रहरी कार्यलय बेलका रामपुरले नियन्त्रणमा लिएको छ।

प्रकाशित: Sep 23, 2021| 07:20 बिहीबार, असोज ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।