शुक्रबार, असार ५, २०८३
  • गृहपृष्ठ
  • फोटो
  • बडेमानकोे विमान काठमाडौंको सडकमा देखिएपछि (तस्बिरहरु)

बडेमानकोे विमान काठमाडौंको सडकमा देखिएपछि (तस्बिरहरु)

शनिबार साँझ काठमाडौंको सडकमा बडेमानको एभ्रो विमान गुड्दै गरेको देखेपछि धेरैलाई अचम्म लाग्यो।
 |  शनिबार, भदौ २७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २७, २०७७

काठमाडौं- शनिबार साँझ काठमाडौंको सडकमा बडेमानको एभ्रो विमान गुड्दै गरेको देखेपछि धेरैलाई अचम्म लाग्यो।

National life

नेपाली सेनाको उक्त विमान आफैं गुडेको नभई अगाडिबाट एउटा गाडीले टोचन लगाएर तानिरहेको थियो। सडकमा अटाउन धौ धौ उक्त विमानका पखेटा चाहिँ झिकिएका थिए।

पूर्व राजाले प्रयोग गरेको पुराना विमानहरु नारायणहिटी संग्रहालयमा राखिने भएपछि सेनाले उक्त विमान विमानस्थलबाट संग्रहालयतर्फ लैजाँदै गरेको अवस्था थियो त्यो।

उडन नसक्ने विमान सडकमा गुडाउनै पर्‍यो।

२०३१ सालमा किनिएको यो सैनिक विमान राजा वीरेन्द्रले विभिन्न भ्रमणहरुमा प्रयोग गरेका थिए। राज वीरेन्द्रले प्रयोग गरेको एउटा हेलिकप्टर यसअघि नै संग्रहालयमा पुर्‍याइसकिएको छ।

Shivam cement

संग्रहालयमा राखिएका यी विमान सर्वसाधारणले पनि हेर्न पाउने छन्।

 

प्रकाशित: Sep 12, 2020| 22:22 शनिबार, भदौ २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।