बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • डा. भक्तमान श्रेष्ठको अपहरणमा संलग्न फरार प्रतिवादी ११ वर्षपछि पक्राउ

डा. भक्तमान श्रेष्ठको अपहरणमा संलग्न फरार प्रतिवादी ११ वर्षपछि पक्राउ

बीपी कोइराला क्यान्सर अस्पताल भरतपुरका कार्यकारी निर्देशक डा. भक्तमान श्रेष्ठको अपहरणमा संलग्न राजेन्द्रकुमार पण्डित भनिने राजेन्द्र पण्डित ११ वर्षपछि पक्राउ परेका छन्।
 |  बुधबार, असोज ६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज ६, २०७८

काठमाडौं– बीपी कोइराला क्यान्सर अस्पताल भरतपुरका कार्यकारी निर्देशक डा. भक्तमान श्रेष्ठको अपहरणमा संलग्न राजेन्द्रकुमार पण्डित भनिने राजेन्द्र पण्डित ११ वर्षपछि पक्राउ परेका छन्। पण्डितको समूहले २०६७ जेठ ४ गते चितवनको तत्कालीन भरतपुर नगरपालिका–१० हाकिमचोक स्थित हिमचुली विकास बैंक नजिक भित्री सडकबाट श्रेष्ठलाई अपहरण गरेको थियो।

सो समूहले उनलाई १९ दिनसम्म बन्धक बनाई फिरौतीबापत एक करोड १० लाख बराबरको साढे ३ किलो सुन लिएपछि २०६७ वेठ २२ गते अपहरण मुक्त गरेका थिए। पण्डितलाई २०७८ असोज ५ गते नुवाकोटको विदुर नगरपालिका–१२ बाट प्रहरी टोलीले पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौं पठाइएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ।


प्रकाशित: Sep 22, 2021| 17:05 बुधबार, असोज ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।