मंगलबार, साउन १२, २०८३

अमेरिकामा ४ लाख कोरोना संक्रमितको मृत्यु हुनसक्ने

अमेरिकास्थित वासिङ्टन युनिभर्सिटीले त्यहाँ कोरोना भाइरस संक्रमणका कारण ४ लाख जनासम्मको ज्यान जान सक्ने पूर्वानुमान गरेको छ।
 |  शनिबार, भदौ २०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, भदौ २०, २०७७

काठमाडौं– अमेरिकास्थित वासिङ्टन युनिभर्सिटीले त्यहाँ कोरोना भाइरस संक्रमणका कारण ४ लाख जनासम्मको ज्यान जान सक्ने पूर्वानुमान गरेको छ।

युनिभर्सिटीको स्वास्थ्य विभागले आगामी जनवरीसम्ममा उक्त संख्यामा मानिसहरुको मृत्यु हुन सक्ने प्रक्षेपण गरेको हो। यो संख्या अहिले भएको मृत्युको दोब्बरभन्दा पनि बढी हो। अहिले त्यहाँ मृतकको संख्या १ लाख ९२ हजार नाघेको छ।

समाचार संस्था रोयटर्सका अनुसार आगामी डिसेम्बरमा अमेरिकामा दैनिक ३ हजारको मृत्यु कोरोना संक्रमणबाट हुने अनुमान गरिएको छ। अहिले त्यहाँ दैनिक करिब साढे ८ सय जना कोरोना संक्रमितको मृत्यु भइरहेको छ।

मृतकको संख्या ३० प्रतिशतसम्म घटाउन सकिन्छ, यदि हरेक अमेरिकीले मास्क लगाउने कुरालाई गम्भिरतापूवर्कक लिने हो भने। तर, अमेरिकामा एउटा ठूलो संख्याले मास्क लगाउँदैन र मास्क लगाउने कुराको विरोधसमेत गर्छ।

 

प्रकाशित: Sep 05, 2020| 06:45 शनिबार, भदौ २०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।