वुटवल- अविरल वर्षासँगै आएको पहिरोले घर पुर्दा गुल्मीमा एकै परिवारका तीन जनाको मृत्यु भएको छ।
गएराति आएको पहिरोले रेसुङगा नगरपालिका-८ तम्घास थुम्का लाइन बस्ने तिलक परियारका छोरीहरूको ज्यान गएको प्रहरीले जनाएको छ।
मृत्यु हुनेहरूमा २१ वर्षीया भावना, १४ वर्षीया गंगा र जमुना परियार रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए।
घरमाथिबाट ढुङ्गा माटोसहितको पहिरो आउँदा घरको बिच कोठामा सुतिरहेका उनीहरूको पुरिएर ज्यान गएको हो। स्थानीय, नेपाली सेना र नेपाल प्रहरी र सशस्त्रको संयुक्त प्रयासमा तीनै जनाकै शव निकालिएको छ। प्रहरीले अहिले तीनै जनाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल तम्घासमा राखिएको बताए।