बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अढाई लाख टाका लिएर काठमाडौं ल्याइन्छन् रोहिंग्या, मासिक भत्ता र अमेरिका पुर्‍याउने प्रलोभन

अढाई लाख टाका लिएर काठमाडौं ल्याइन्छन् रोहिंग्या, मासिक भत्ता र अमेरिका पुर्‍याउने प्रलोभन

अमेरिका पठाउने र मासिक भत्ता मिलाउने प्रलोभन देखाएर रोहिंग्या शरणार्थीलाई नेपाल भित्र्याउन गिरोह नै सक्रिय रहेको खुलेको छ।
 |  मंगलबार, असोज ५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ५, २०७८

काठमाडौं- अमेरिका पठाउने र मासिक भत्ता मिलाउने प्रलोभन देखाएर रोहिंग्या शरणार्थीलाई नेपाल भित्र्याउन गिरोह नै सक्रिय रहेको खुलेको छ। प्रहरीले हालै गरेको अनुसन्धानले काठमाडौँको कपनस्थित रोहिंग्या शरणार्थी क्याम्पमा बस्ने नूर अमिन र सोफिक आलमले बङ्गलादेशी नागरिक आजमत अलीसँग मिलोमतो गरी शरणार्थीलाई नेपाल भित्र्याइएको पाइएको हो।

नेपालबाट अमेरिका जान परिचयपत्र पाइने, मासिक प्रतिव्यक्ति पुरुषलाई ५ हजार ७५०, महिलालाई ३ हजार ७५० र बालबालिकालाई २ हजार ७५० रुपैयाँ भत्ता सुविधा दिने तथा अन्य सुविधा पनि राम्रो रहेको भनी प्रलोभन देखाएर नेपाल ल्याउने गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ। उनीहरुले यसरी छ जना शरणार्थीलाई नेपाल ल्याएको पनि प्रहरीले जानकारी दिएको छ।  

केही अघि ब्यूरोको टोलीले उनीहरुलाई पक्राउ गरी मानव बेचबिखन अनुसन्धान व्यूरोमा बुझाएको थियो। ब्यूरोले जिल्ला अदालत काठमाडौँबाट सात दिनको म्याद थप गरी मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐनअनुसार अनुसन्धान थालेको आज एक सूचनामार्फत् जनाएको छ।  

ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक शारदाप्रसाद चौधरीअनुसार उनीहरुले कति जना मानिसलाई त्यसरी ल्याएका हुन् भन्ने बिषयमा अनुसन्धान भइरहेको जानकारी दिए। गिरोहले पीडितलाई शरणार्थीका लागि संयुक्त राष्ट्र सङ्घीय उच्चायुक्तको कार्यालय (युएनएचसीआर) नजिक छाडेका थिए। त्यसपछि कार्यालयको सम्पर्कमा गई पीडितले शरणर्थीको परिचयपत्र बनाएका थिए। अनुसन्धानमा उनीहरुलाई अवैध रुपमा  नेपालमा भित्र्याएको पाइएको छ। 

नीहरुले शरणार्थीलाई भारतको बाटो प्रयोग गरी नेपाल ल्याइ मानव तस्करी गर्ने गरेको दाबी प्रहरीको छ। गिरोहले ढाकादेखि काठमाडौँसम्मको यात्राका लागि दुई लाख ५० हजार टाका (बङ्गलादेशी मुद्रा) लिई प्रलोभनमा पारी नेपालसम्म ल्याई पुर्‍याएको जनाइएको छ।

प्रकाशित: Sep 21, 2021| 21:39 मंगलबार, असोज ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।