बुधबार, साउन १३, २०८३

पूर्वबेलायती राजदूत मोरिसको शव चार महिनापछि भेटियो

हराएको चार महिनापछि नेपालका लागि पूर्वबेलायती राजदूत रिचार्ड मोरिसको शव फेला परेको छ।
 |  मंगलबार, भदौ १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ १६, २०७७

काठमाडौं– हराएको चार महिनापछि नेपालका लागि पूर्वबेलायती राजदूत रिचार्ड मोरिसको शव फेला परेको छ।

बीबीसीका अनुसार बेलायती कुटनीतिज्ञ मोरिसको शव सोमबार प्रहरीले हाम्पसायर जंगलमा भेटाएको हो।

मोरिस ६ मेमा एल्टोनमा दौडिरहेका देखिएका थिए। उनको शव उक्त स्थानबाट दुई माइल टाढा जंगलमा भेटिएको हो।

त्यसअघि मोरिस जुन स्थानमा रमाउन नियमित जान्थे प्रहरीले त्यही स्थानलाई खोजीको केन्द्रमा राखेको थियो।

मोरिस सन् २०१५ नोभेम्बरदेखि २०१९ को नोभेम्बरसम्म नेपालका राजदूत भएका थिए।

५२ वर्षीय मोरिसका श्रीमती र तीन सन्तान छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित: Sep 01, 2020| 13:11 मंगलबार, भदौ १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।