मंगलबार, साउन १२, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • अमेरिकामा कोरोना संक्रमित ६० लाख नाघे, कलेजतिर फैलियो संक्रमण

अमेरिकामा कोरोना संक्रमित ६० लाख नाघे, कलेजतिर फैलियो संक्रमण

काठमाडौं– अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६० लाख नाघेको छ। अहिले मध्य पश्चिम क्षेत्रका राज्यहरुमा संक्रमण तीव्र रुपमा फैलिरहेको छ।
 |  सोमबार, भदौ १५, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १५, २०७७

काठमाडौं– अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६० लाख नाघेको छ। अहिले मध्य पश्चिम क्षेत्रका राज्यहरुमा संक्रमण तीव्र रुपमा फैलिरहेको छ।

बीबीसीका अनुसार आयोवा, नर्थ डकोटा, साउथ डकोटा तथा मिनिसोटा राज्यमा दैनिक हजारौं संक्रमित थपिइरहेका छन्। अस्पतालमा भर्ना हुने बिरामीको संख्या पनि बढिरहेको छ।

आयोवाका कैयौं काउन्टीमा संक्रमण फैलिएको छ, जहाँ युनिभर्सिटी तथा कलेजहरुमा कक्षा सुरु भएको थियो। कलेज खुलेपछि त्यहाँ संक्रमण बढेको बताइएको छ।

उता, न्यूयोर्कमा पनि संक्रमण बढेपछि दुई साताका लागि शैक्षिक संस्था बन्द गरिएको छ। विद्यार्थीहरुले पार्टी आयोजना गरेको र त्यहीँबाट संक्रमण फैलिएको बताइएको छ।

 

प्रकाशित: Aug 31, 2020| 06:42 सोमबार, भदौ १५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।