शुक्रबार, असार ५, २०८३

निषेधाज्ञामा यस्तो देखियो भैरहवा (फोटोफिचर)

स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा आज रातिबाट सकिँदै छ । थप्ने–नथप्ने निर्णय प्रशासनले गरिसकेको छैन।
 |  आइतबार, भदौ १४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १४, २०७७

भैरहवा– लामो समयदेखिको लकडाउनका कारण पश्चिम नेपालको मुख्य सहर भैरहवामा आंशिक प्रभाव परेको छ।

National life

मुख्य सडक बेलहिया, बुटवलस्थित सिद्धार्थ राजमार्ग, भैरहवा–लुम्बिनी सडक सुनसान छन्। भित्री सडकमा भने साना चारपांग्रे र दुईपांग्रे सवारीसाधन केही मात्रामा चलिरहेका छन्।

भित्री सडकको नारायणस्थान, मैत्रीपथ, गल्लामण्डी क्षेत्रका पार्किङमा राम्रै संख्यामा सवारीसाधन देखिन्छन्। क्षेत्र बैक तथा वित्तीय संस्थाका कार्यालय भएकाले ती क्षेत्रमा केही चहलपहल छ।

प्रहरीले मिलन चोकदेखि विद्रोही चोकसम्मको क्षेत्रमा आवतजावत बन्द गरेको छ। उक्त क्षेत्रमा जिल्ला प्रहरी कार्यालय पर्छ ।

स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा आज रातिबाट सकिँदै थियाे। तर, जारी निषेधाज्ञा २० भदाैसम्म थप्ने निर्णय प्रशासनले गरेकाे छ।

Shivam cement

प्रशासनले साँझ ७ बजेदेखि राति १० बजेसम्म गल्लामण्डी क्षेत्र खोल्ने अनुमति दिएको छ ।

हार्डवेयर, खाद्यान्न, तरकारी तथा मेडिकल व्यापारबाहेक अन्य व्यवसाय ठप्प छन्। साना रेष्टुरेन्ट तथा फैन्सी पसलहरु नचल्दा त्यहाँ हरियो तरकारीको व्यापार हुन थालेको छ।

प्रकाशित: Aug 30, 2020| 15:55 आइतबार, भदौ १४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।