शुक्रबार, फागुन २९, २०८२

कोरोना कहरबीच पाकिस्तानले शैक्षिक संस्थाहरु खोल्ने

पाकिस्तानले कोरोना महामारीकै बीच शैक्षिक संस्थाहरु खोल्ने भएको छ।
 |  शनिबार, भदौ १३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, भदौ १३, २०७७

एजेन्सी- पाकिस्तानले कोरोना महामारीकै बीच शैक्षिक संस्थाहरु खोल्ने भएको छ।

National life

प्रधानमन्त्री इमरान खानले १५ सेप्टेम्बरसम्म सबै शैक्षिक संस्थाहरु खोल्ने बताएका छन्। यसबारे सबै प्रान्तलाई आवश्यक तयारी पुरा गर्न उनले निर्देशन दिएका छन्।

पाकिस्तान सरकारले १५ सेप्टेम्बरमा सबै स्कुल कलेज खोल्ने निर्णय यसअघि नै गरेको थियो। शुक्रबार प्रधानमन्त्री खानले शैक्षिक संस्था खोल्ने तयारीबारे थप बलियो अभिव्यक्ति दिएका हुन्।

कोभिड–१९ सँग जोडिएको नेशनल कोअर्डिनेशन कमिटी एनसीसीको बैठकको नेतृत्व गर्दै प्रधानमन्त्री खानले यसका लागि आवश्यक मापदण्डहरु पालना गर्ने विषयमा पनि स्पष्ट पारे।

बैठकमा आन्तरिक उडानका लागि आवश्यक स्वास्थ्य निर्देशिकाहरु पारित गरिएको थियो। बैठकले पाकिस्तानमा कोरोना संक्रमणको दर तीव्ररुपमा घटिरहेको निष्कर्ष निकालिएको छ।

Laxmi sunrise bank
kumari

पाकिस्तानको अवस्था सुधार हुँदै गएको भन्दै आवश्यक साबधानीसहित स्कुल तथा कलेजलगायत सबैजसो शैक्षिक संस्था खोल्नेबारे छलफल भएको थियो।

शैक्षिक संस्थाका साथै पर्यटकीय क्षेत्रहरु खोल्ने, उड्डयन क्षेत्रमा कायम समस्याहरुको समीक्षा गर्ने र कोरोना परीक्षणका साथै माइक्रो स्मार्ट लकडाउन जस्ता विभिन्न विषयमा छलफल भएको थियो।

जोन हप्किन्स विश्वविद्यालयका अनुसार पाकिस्तानमा हालसम्म २ लाख ९५ हजार ३७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये ६ हजार २८४ जनाको मृत्यु भइसकेको छ।

प्रकाशित: Aug 29, 2020| 14:55 शनिबार, भदौ १३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।