मुम्बई- बलिउडमा करिना कपूर हट र गल्यामर्स अभिनेत्री हुन्। उनले कयौं हिट फिल्म दिएकी छन्। बलिउड बादशाह शाहरुख खान, सलमान खान, अमिर खान, अजय देवगन, अक्षय कुमारजस्ता चर्चित र महँगा अभिनेतासँग उनले स्क्रिन शेयर गरेकी छिन्।
करीना कपूर वर्षमा १० देखि १२ करोड रुपैयाँ कमाउँछन्। करीना कपूर ७ देखि १० करोड भारतीय रुपैयाँ एक फिल्मको पारिश्रमिक लिँदै आएकी छन्।
फिल्मबाहेक उनी ब्राण्ड एन्डोर्समेन्ट, रेडियो शो, स्टेज शोबाट पनि कमाउँछिन्। करीना कपूरसँग ४ सय ५० करोड रुपैयाँ शुद्ध मूल्य रहेको छ।
करीना कपूरसँग मुम्बईमा रहेको अपार्टमेन्टकै मूल्य ४८ करोड भारतीय रुपैयाँको छ। दोस्रो निजी घर स्विट्जरल्याण्डमा छ। जसको मूल्य ३३ करोड भारतीय रुपैयाँ पर्छ।
करीनासँग मर्सिडीज बेन्ज एस क्लास, आँडी क्यू ७, रेन्ज रोवर स्पोर्टस् एसयूवी र लेक्सस एल एक्स ४७० जस्ता गाडी छन्। जसको मूल्य ६ करोड भारतीय रुपैयाँमाथि पर्छ।