मंगलबार, साउन १२, २०८३

जापानी प्रधानमन्त्रीद्वारा राजीनामाको घोषणा

जापानी प्रधानमन्त्री शिन्जो आबेले राजीनामा दिने घोषणा गरेका छन्।
 |  शुक्रबार, भदौ १२, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, भदौ १२, २०७७

काठमाडौं– जापानी प्रधानमन्त्री शिन्जो आबेले राजीनामा दिने घोषणा गरेका छन्।

आफ्नो खराब स्वास्थ्य अवस्थाका कारण उनले राजीनामाको घोषणा गरेको समाचार संस्था एएफपीले जनाएको छ।

कोरोना भाइरसको महामारीबाट बच्नका लागि गरिएका प्रयासलाई लिएर जापानमा प्रधानमन्त्री आबेको आलोचना भइरहेको छ। कोरोना महामारीका कारण जापानको अर्थ व्यवस्थाको अवस्था ऐतिहासिक रुपमा तल खस्किएको छ।

अस्पतालमा प्रधानमन्त्री आबेको एक साताबीच शरीरका विभिन्न भागको जाँच गरिएको छ। उपचारका लागि अस्पताल पुगेका सिन्जो आबेको स्वास्थ्यबारे विभिन्न अड्कलबाजी भइरहेका छन्।

सिन्जो आबेले सोमबारमात्र जापानको इतिहासमा अहिलेसम्म लामो समय प्रधानमन्त्रीको कार्यभार सम्हालेको रेकर्ड तोडेका छन् ।

 

प्रकाशित: Aug 28, 2020| 14:04 शुक्रबार, भदौ १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।