शुक्रबार, असार ५, २०८३

निषेधाज्ञामा पोखरा (फोटोफिचर)

अत्यावश्यकबाहेक अन्य सवारीसाधन गुडेका छैनन्। मुख्य बजार ठप्पै छ । मानिसहरुलाई हिँड्डुल गर्न दिइएको छैन।
 |  बिहीबार, भदौ ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ११, २०७७

पोखरा– कोरोना संक्रमण समुदायमा फैलिँदै गएपछि पोखरामा लगाइएको निषेधाज्ञा अझै जारी छ।

National life

भदौ २ गते राति १२ बजेदेखि ५ दिनका लागि निषेधाज्ञा लगाइएकोमा अहिले केही खुकुलो भने बनाइएको छ। स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर वित्तीय संस्था, निर्माण कार्य तथा उद्योगहरु चलाउन दिइएको छ।

अत्यावश्यकबाहेक अन्य सवारीसाधन गुडेका छैनन्। मुख्य बजार ठप्पै छ । मानिसहरुलाई हिँड्डुल गर्न दिइएको छैन।

खाद्यान्न तथा तरकारी किनमेलका लागि बिहान ५ बजेदेखि ८ बजेसम्म र साँझ ५ देखि ७ बजेसम्म सामाजिक दूरी र स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउने गरी खुला गरिएको छ।

पोखरामा लगाइएको निषेधाज्ञा भोलि शुक्रबार राति १२ बजे सकिँदैछ। त्यसपछि थप्ने–नथप्नेबारे प्रशासनले केही बताएको छैन।

Shivam cement

प्रकाशित: Aug 27, 2020| 14:25 बिहीबार, भदौ ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सेताम्मे पाथीभरा: रमाइलोसँगै कष्ट पनि [तस्बिरहरु]

हिँड्न नसक्नेहरु भरियालाई बोकाएर पनि मन्दिर पुग्छन्। काफ्लेपाटीबाट माथि यातायातको साधन जाँदैन। हिँड्न नसक्ने तीर्थयात्रीहरुका लागि बोक्न काफ्लेपाटीदेखि नै बाटामा भरियाहरु भेटिन्छन्।