बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • केपी ओलीको मुद्दामा सर्वोच्चले माग्‍यो निर्वाचन आयोग र सभामुखको निर्णयको सक्कल

केपी ओलीको मुद्दामा सर्वोच्चले माग्‍यो निर्वाचन आयोग र सभामुखको निर्णयको सक्कल

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले निर्वाचन आयोग र सभामुखले गरेका निर्णयको सक्कल फाइल माग गरेको छ।
 |  मंगलबार, असोज ५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ५, २०७८

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले निर्वाचन आयोग र सभामुखले गरेका निर्णयको सक्कल फाइल माग गरेको छ। 

न्यायाधीशद्वाय दीपककुमार कार्की र कुमार चुडालको संयुक्त इजलासले मंगलबार गरेको सुनुवाइमा निर्वाचन आयोग र सभामुखको निर्णयको सक्कल फाइल माग गरिएको हो। 

एमाले अध्यक्ष ओलीले पार्टी छोडेर नेकपा एकीकृत समाजवादीमा गएका १४ सांसदमाथिको कारबाही गर्न अस्वीकार गरेको भन्दै निर्वाचन आयोग र सभामुखलाई विपक्षी बनाएर सर्वोच्चमा मुद्दा दायर गरेका थिए। 

पार्टीले कारबाही गरेका १४ सांसदलाई समेत सनाखत गराएर माधव नेपालको नेतृत्वमा निर्वाचन आयोगले नयाँ दल दर्ताका लागि सनाखत गराएको भन्दै अध्यक्ष ओलीका तर्फबाट निर्वाचन आयोगको निर्णय विरुद्ध अदालतमा रिट दर्ता गरिएको हो ।

रिटमा १४ सांसदको सूचना जारी नगरेकोमा सभामुख अग्निप्रसाद सापकोटालाई समेत विपक्षी बनाइएको छ । 



प्रकाशित: Sep 21, 2021| 15:32 मंगलबार, असोज ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।