शुक्रबार, फागुन २९, २०८२

आफ्ना नागरिकलाई भारत नघुम्न अमेरिकाको सुझाव

अमेरिकाले आफ्ना नागरिकलाई भारतको यात्रा नगर्न आग्रह गरेको छ। भारतमा बढ्दो कोरोना संकट, अपराध र आतंकवादलगायतका कारण आफ्ना नागरिकले भारत यात्रा नगर्न आग्रह गरेको हो।
 |  बुधबार, भदौ १०, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ १०, २०७७

एजेन्सी- अमेरिकाले आफ्ना नागरिकलाई भारतको यात्रा नगर्न आग्रह गरेको छ। भारतमा बढ्दो कोरोना संकट, अपराध र आतंकवादलगायतका कारण आफ्ना नागरिकले भारत यात्रा नगर्न आग्रह गरेको हो।

National life

अमेरिकाले यात्राका लागि भारतलाई चौथो श्रेणीमा राखेको छ। अमेरिकाले सबैभन्दा खराब देशहरुलाई चौथो श्रेणीमा राख्ने गरेको छ। जसमा युद्ध, आतंकवाद जस्ता गतिविधि भएका देशहरु छन्।

हाल सीरिया, पाकिस्तान, ईरान, इराक, यमनलगायतका देशहरुलाई अमेरिकाले चौथो श्रेणीमा राखेको छ।

अमेरिकाले भारतमा कोरोना संकट रहेको, देशमा अपराध र आतंकवादी तीव्र रुपमा फैलिएको लगायतका कारण देखाउँदै आफ्ना नागरिकलाई भारत भ्रमणमा नजान आग्रह गरेको हो।

अमेरिकाले एक एडभाइजरी जारी गर्दै भारतमा महिलाविरुद्ध अपराध हुने र उग्रवाद रहेको पनि उल्लेख गरेको छ।

Laxmi sunrise bank
kumari

अमेरिकाले आफ्ना नागरिकलाई यस्तो एड्भाइजरी जारी गरेपछि इन्डियन टुरिजम एण्ड् हस्पिटालिटी संघ (फेथ) ले अमेरिकालाई आफ्नो निर्णय सच्चाउन आग्रह गर्न भारत सरकारलाई दबाब दिएको छ।

फेथले हाल पर्यटन उद्योग कोरोना भाइरसको महामारीले गम्भीर संकटमा रहेको र विस्तारै जुर्मुराउन थालेको उद्योग अमेरिकी एड्भाइजरीले डामाडोल हुने भन्दै सरकारी पहलको लागि आग्रह गरेको छ।

भारतमा पर्यटन उद्योगका लागि अमेरिकी पर्यटकहरु हरेक सिजनका लागि सबैभन्दा बढी महत्वपूर्ण रहेका छन्। भारतमा अन्य देशबाट भन्दा अमेरिकाबाट आउने पर्यटकको संख्या धेरै छ।

अमेरिकी पर्यटक औषतमा २९ दिनसम्म बस्छन् भने अन्य देशका २२ दिन बस्छन्।

२३ अगस्टमा अमेरिकाले जारी गरेको ट्राभल एडभाइजरीमा भारतका साथै पाकिस्तान, सीरिया, यमन, इरान र इराक जस्ता देशहरुलाई एउटै श्रेणीमा राखिएको छ।

प्रकाशित: Aug 26, 2020| 16:15 बुधबार, भदौ १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।