बिहीबार, असोज २२, २०८३

दिनेशको स्वरमा ’चरी’ गीत सार्वजनिक [भिडियोसहित]

गायक दिनेश गौतमको स्वरमा रहेको ’चरी’ बोलको गीत सार्वजनिक भएको छ।
 |  मंगलबार, असोज ५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ५, २०७८

काठमाडौं- गायक दिनेश गौतमको स्वरमा रहेको ’चरी’ बोलको गीत सार्वजनिक भएको छ। सोमबार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतमा प्रकाश सापकोटाको शब्द रचना र पुस्तक प्रसादले संगीत भरेका छन्। उदयराज पौडेल गीतका एरेञ्जर हुन्।

 

गीतमा मानिसको बह पोख्ने माध्यमको रुपमा चरालाई प्रस्तुत गरिएको छ। ‘द भ्वाइस अफ नेपाल’ का निर्देशक लक्ष्मण पौडेलले निर्देशन गरेको भिडियोमा गायक गौतम आँफैले अभिनय गरेकाछन्। गीतलाई ‘द भ्वाइस अफ नेपाल’ को स्टूडियोमा खिचिएको थियो।

गोल्डेन हार्ट पिक्चरले निर्माण गरेको गीतको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् भने सोहन मानन्धरको सम्पादन रहेको छ। गायक गौतमले गीतको भाव अनुसार भिडियो बनेकोमा खुसी व्यक्त गरेका छन्। गीतको शब्द सुन्दा नै आफू उत्साहित भएको बताउँदै उनले दर्शकलार्ई पनि गीत मन पर्नेमा विश्वस्त रहेको बताए।

कार्यक्रममा अतिथीको रुपमा उपस्थिति बरिष्ठ संगीतकार सुरेश अधिकारी र कवि तथा गीतकार श्रवण मुकारुङले गीतको अडियो र भिडियो पक्षको मुक्तकण्ठले प्रशंसा गरे। गीतका शब्दमा हरेक नेपालीले कथा भेट्ने कवि मुकारुङको भनाई छ। संगीतकार अधिकारीले पनि नेपालमा यसप्रकारको भिडियो बन्न थालेकोमा खुसी व्यक्त गरे।

 


प्रकाशित: Sep 21, 2021| 12:36 मंगलबार, असोज ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।