मंगलबार, साउन १२, २०८३

भारतको महाराष्ट्रमा ५ तल्ले घर भत्किँदा ९० जना पुरिए

भारतको महाराष्ट्र रायगढमा एक ५ तल्ले घर भत्कँदा करिब ९० जना पुरिएका छन्।
 |  मंगलबार, भदौ ९, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ९, २०७७

काठमाडौं- भारतको महाराष्ट्र रायगढमा एक ५ तल्ले घर भत्कँदा करिब ९० जना पुरिएका छन्।

पुरिएकामध्ये ८ जनाको उद्धार गरिएकोमा १ जनाको मृत्यु भएको समाचार संस्था एएनआईले जनाएको छ ।

रायगढ जिल्ला प्रशासनले चारवटा उद्धार टोलीले उद्धार गरिरहेको जनाएको छ। दक्षिण मुम्बईबाट १८० किलोमिटर टाढा रहेको सो भवनमा करिब ४७ वटा फ्ल्याट थिए । भवन हल्लिन थालेपछि सो भवनका केही बासिन्दा बाहिर निस्किएका थिए ।

मुख्यमन्त्री उद्धव ठाकरेले स्थानीय विधायकसँग घटनाबारे छलफल गरेका छन् । उनले उद्धार तथा राहतका लागि सरकारले हरसम्भव प्रयास गर्ने बताएका छन् ।

गृहमन्त्री अमित शाहले घटनाप्रति दुःख व्यक्त गर्दै आवश्यक सहायता उद्धारका लागि सबै निकायलाई निर्देशन दिएका छन्।

प्रकाशित: Aug 25, 2020| 07:34 मंगलबार, भदौ ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।