बिहीबार, भदौ ४, २०८३

चट्याङ लागेर एकको मृत्यु, तीन घाइते

बागलुङको जैमिनी नगरपालिका–७ को जैदीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ।
 |  मंगलबार, असोज ५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज ५, २०७८

काठमाडौं- बागलुङको जैमिनी नगरपालिका–७ को जैदीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। सोमबार बेलुकी चट्याङ लाग्दा ६० वर्षय मुमबहादुर सार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ। उनको घटनास्थलमै मृत्यु भएको थियो। घटनामा अन्य तीन जना घाइते भएका छन्।

घाइते हुनेमा स्थानीय ६० वर्षीय सहविरे नेपाली, १८ वर्षीया विपना नेपाली र ५७ वर्षीय लालबहादुर नेपाली रहेका छन्। उनीहरूको जैदी स्वास्थ्यचौकीमा उपचार भइरहेको छ। उक्त घटनामा एउटा भैँसीसमेत मरेको स्थानीय विमल शर्माले जानकारी दिए।

प्रकाशित: Sep 21, 2021| 11:44 मंगलबार, असोज ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।