सोमबार, वैशाख २८, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • भारतीय कांग्रेसको अन्तरिम अध्यक्षमा सोनिया गान्धीलाई निरन्तरता

भारतीय कांग्रेसको अन्तरिम अध्यक्षमा सोनिया गान्धीलाई निरन्तरता

भारतको मुख्य विपक्षी दल भारतीय कांग्रेसले पार्टीको अन्तरिम अध्यक्षमा सोनिया गान्धीलाई निरन्तरता दिएको छ।
 |  सोमबार, भदौ ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ८, २०७७

एजेन्सी- भारतको मुख्य विपक्षी दल भारतीय कांग्रेसले पार्टीको अन्तरिम अध्यक्षमा सोनिया गान्धीलाई निरन्तरता दिएको छ।

National life

आज (सोमबार) बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले सोनिया गान्धीलाई ६ महिनाका लागि अन्तरिम अध्यक्षमा निरन्तरता दिएको हो। ६ महिनापछि पार्टीले नयाँ नेतृत्व चयन गर्ने निर्णय गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

यसअघिको कांग्रेस केन्द्रीय समिति बैठकमा सोनियाले अन्तरिम अध्यक्ष पदबाट राजीनामा दिएकी थिइन्।

साथै उनले नयाँ अध्यक्ष चयनको प्रक्रिया सुरु भएकोसमेत बताएकी थिइन्। उनले गुलाम नबी आजादलगायत अन्य नेताहरुले नेतृत्व परिवर्तनका लागि लेखेको पत्रका आधारमा आफूले राजीनामा दिएको बताएकी थिइन्।

आजको बैठकमा सोनियाले आफू पार्टीको अध्यक्ष बनिरहन नचाहेको बताएकी थिइन्। तर धेरै नेताहरुको जोडबलका कारण उनी अन्तरिम अध्यक्षमा रहनुपर्ने भएको हो।

राहुललाई अध्यक्ष बनाउन रगतले लेखिएको चिठी

दिल्ली कांग्रेसका प्रमुख सन्दीप तन्वरले कांग्रेसभित्रको विवाद समाधानका लागि सोनिया गान्धीलाई रगतले चिठी लेखेका छन्। उनले लेखेको चिठीमा राहुल गान्धीलाई अध्यक्ष बनाउन माग गरिएको छ।

सोनिया गान्धीलाई लोखिएको चिठीमा उनले राहुल गान्धीलाई अध्यक्ष नबनाउनु पार्टीको हितमा नहुने उल्लेख गरेका बताइएको छ।

प्रकाशित: Aug 24, 2020| 19:10 सोमबार, भदौ ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।