मंगलबार, साउन १२, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • महिलाले आत्मघाती विस्फोट गराउँदा फिलिपिन्समा १० को मृत्यु

महिलाले आत्मघाती विस्फोट गराउँदा फिलिपिन्समा १० को मृत्यु

फिलिपिन्समा एक महिलाले आत्मघाती बम विस्फोट गराउँदा कम्तीमा १० जनाको मृत्यु भएको छ।
 |  सोमबार, भदौ ८, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ ८, २०७७

एजेन्सी- फिलिपिन्समा एक महिलाले आत्मघाती बम विस्फोट गराउँदा कम्तीमा १० जनाको मृत्यु भएको छ।

दुई पटक भएको विस्फोटमा अन्य कयौँ मानिस घाइते भएका छन्।

दक्षिणी फिलिपिन्सको जोलो सहरमा आत्मघाती बम विस्फोट भएको अधिकारीहरुले जनाएका छन्।

फिलिपिन्सका रेडक्रस प्रमुख रिचार्ड गोर्डोले स्थानीय समयअनुसार अपराह्न ४ बजे सुलुको सदरमुकाम जोलोमा बम विस्फोट भएको बताएका छन्।

उनका अनुसार मोटरसाइकलमा आएकी एक महिलाले सैनिक ट्रक रोकिएको ठाउँमा विस्फोट गराएकी हुन्। उनी काे हुन् र कहाँबाट परिचालित हुन् भन्नेबारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।

त्यो ठाउँ जोलोको रेडक्रस कार्यालय नजिकै हो।

विस्फोटमा ती महिला, ५ सैनिक तथा ४ सर्वसाधारणको मृत्यु भएको छ।

त्यहाँ विस्फोट भएको केही समयमा अर्को विस्फोट पनि भएको थियो। जसमा एकजनाको मृत्यु भएको जनाइएको छ।

प्रकाशित: Aug 24, 2020| 16:45 सोमबार, भदौ ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।