मंगलबार, साउन १२, २०८३

भारतमा एकै दिनमा ७० हजारमा कोरोना पुष्टि

भारतमा अहिलेसमम्म कोरोनाबाट २९ लाख १९ हजार ९ सयभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने ५५ हजार ७ सय ९४ जनाको मृत्यु भएको छ ।
 |  आइतबार, भदौ ७, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, भदौ ७, २०७७

काठमाडौं- तिब्र रुपमा फैलिएको कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा अमेरिका र ब्राजिलमा भन्दा धेरै संक्रमित थपिएका छन् ।

शनिबार एकै दिनमा अमेरिका ४३ हजार ८ सय जना र ब्राजिलमा ४६ हजार २ सय जना थपिदा भारतमा ७० हजार ६८ जनामा संक्रमण पुष्टि भएको छ ।

भारतमा एकै दिनमा यति धेरै संक्रमित थपिएको यो पहिलो पटक हो । यसअघि बुधबार ६९ हजार १ सय, बिहीबार ६८ हजार ६८ हजार ५ सय र शुक्रबार ६९ हजार ३९ जनामा संक्रमण पुष्टि भएको थियो ।

भारतमा पछिल्लो एक साता यता हरेक दिन ६० देखि ६५ हजारभन्दा धेरै संक्रमित थपिदै आएको छन् । सबैभन्दा धेरै महाराष्ट्र राज्यमा संक्रमित र मृतक छन् ।

जहाँ अहिलेसम्म ६ लाख ७१ हजार ९ सयभन्दा धेरै संक्रमित छन् भने २१ हजार ९ सय ९५ जनाको मृत्यु भएको छ ।

यस्तै तमिलनाडुमा ३ लाख ७३ हजार ४ सय संक्रमित छन् भने ६ हजार ४ सय २० जनाको मृत्यु भएको छ । आन्द्र प्रदेशमा ३ लाख ४५ हजार २ सयभन्दा धेरै संक्रमित हुँदा ३ हजार १ सय ८९ को मृत्यु भएको छ ।

भारतमा अहिलेसमम्म कोरोनाबाट २९ लाख १९ हजार ९ सयभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने ५५ हजार ७ सय ९४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित: Aug 23, 2020| 08:57 आइतबार, भदौ ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।