विश्वभर कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या आठ लाख पुगेको छ।
जोन्स हप्किन्स विश्वविद्यालयले शनिबार जारी गरेको तथ्यांक अनुसार विश्वभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेमध्ये अमेरिकामा सबैभन्दा बढी एक लाख ७५ हजार ४२९ जना छन्।
यो सूचीमा अमेरिकापछि ब्राजिल, मेक्सिको, भारत तथा संयुक्त अधिराज्य क्रमशः दोस्रोबाट पाँचौंमा छन्।
सीएनएन