मंगलबार, साउन १२, २०८३

दक्षिण कोरियामा देशव्यापी निषेधाज्ञा जारी

दक्षिण कोरियाले कोरोना भाइरस संक्रमणको जोखिम न्यूनिकरणका लागि देशव्यापी निषेधाज्ञा घोषणा गरेको छ।
 |  शनिबार, भदौ ६, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, भदौ ६, २०७७

एजेन्सी- दक्षिण कोरियाले कोरोना भाइरस संक्रमणको जोखिम न्यूनिकरणका लागि देशव्यापी निषेधाज्ञा घोषणा गरेको छ।

कोरोनाभाइरसको संक्रमण थप फैलिन नदिन भिडभाड हुने सम्पूर्ण गतिविधि रोक्ने गरी सरकारले निषेधाज्ञा जारी गरेको हो।

भेला हुन, रात्रीकालीन गतिविधिहरु गर्न, चर्च, खेलकुद तथा अन्य भिडभाड हुने ठाउँहरुका गतिविधिहरु रोक्न निर्देशन दिएको छ। स्वास्थ्य मन्त्री पार्क नेउङ हुले शनिबारदेखि यस्ता गतिविधिहरुमा देशभरी नै रोक लगाइएको जानकारी दिए।

दक्षिण कोरियामा पछिल्लो २४ घण्टामा थप ३३२ जनामा कोरोना पुष्टि भएको छ। नयाँ थपिएका संक्रमित मध्ये अधिकांश राजधानी सोल महानगरपालिका भित्र नै देखिएको पाइएको छ। दक्षिण कोरियामा कोरोनाभाइरसबाट संक्रमितको संख्या पछिल्लो समय थप बढ्दै गएको पाइएको छ।

संक्रमण राजधानी बाहेक देशका अन्य ठूला सहरहरुमा पनि देखिएको स्वास्थ्य मन्त्री हुले जानकारी दिए। कतिपय प्रतिवन्धात्मक व्यवस्थाहरु भने सरकारले यसअघि पनि लागू गरिसकेको छ। अहिले त्यसमा केही थप प्रतिबन्धहरु लगाइएको हो।

प्रकाशित: Aug 22, 2020| 15:20 शनिबार, भदौ ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।