एजेन्सी- भारतको दिल्लीमा आतंकवादी संगठन आईएसआईएसको एक लडाकु पक्राउ परेका छन्।
अबु युसूफ नामका व्यक्ति पक्राउ परेको र त्यसपछि उत्तर प्रदेशमा सुरक्षा सतर्कता उच्च पारिएको भारतीय संचारमाध्यमहरुले जनाएका छन्।
आजतकका अनुसार प्रहरी महानिर्देशक (डीजीपी) हितेश चन्द्र अवस्थीले पुरै प्रदेशमा अतिरिक्त सुरक्षा प्रवन्ध गर्न निर्देशन दिएका छन्।
एडीजी प्रशान्त कुमारले दिल्लीमा एक आतंककारी पक्राउ परेको र पुरै उत्तर प्रदेशमा सुरक्षा सतर्कता उच्च राख्न आदेश प्राप्त भएको बताएका छन्।
डीजीपी अवस्थीले सबै फिल्डकका अधिकारीहरुलाई उच्च सतर्कता अपनाई आवश्यक कदम चाल्न निर्देशन दिएका छन्।
गिरफ्तार गरिएका कथित आतंककारी अबु युसूफसँग सोधपुछ जारी रहेको बताइएको छ।