बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौंलगायतका क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले सतर्कता अपनाउन आग्रह

काठमाडौंलगायतका क्षेत्रमा निरन्तर वर्षा भइरहेकाले सतर्कता अपनाउन आग्रह

सोमबार दिउँसोदेखि काठमाडौंसहित कपिलवस्तु, रुपन्देही तथा पर्सा जिल्ला आसपास क्षेत्रमा पनि मेघ गर्जनसहित वर्षा भइरहेको जनाइएको छ ।
 |  सोमबार, असोज ४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज ४, २०७८

काठमाडौं- काठमाडौंलगायतका जिल्लाहरुमा सोमबार दिउँसोदेखि लगातार झरी परिरहेकोले सतर्कता अपनाउन आग्रह गरिएको छ। 

जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबार बेलुका एक ट्विट गर्दै देशभर सामान्य बदली रहि देशका केहि स्थानहरुमा मेघ गर्जन चट्याङ् सहित हल्कादेखि मध्यम वर्षा भइरहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो। 

सोमबार दिउँसोदेखि काठमाडौंसहित कपिलवस्तु, रुपन्देही तथा पर्सा जिल्ला आसपास क्षेत्रमा पनि मेघ गर्जनसहित वर्षा  भइरहेको जनाइएको छ । 

हाल भारतको पूर्वी राजस्थान तथा पश्चिम मध्य प्रदेशको आसपासमा अवस्थित न्युन चापीय क्षेत्रको आंशिक प्रभाव रहेकोले वर्षा भइरहेको जनाइएको छ। महाशाखाका अनुसार मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ रहेको छ।

सोमबार राति गण्डकी र सुदूरपश्चिम प्रदेशका एक /दुई स्थानमा भारि वर्षाको पनि सम्भावना रहेको जनाइएको छ।

प्रकाशित: Sep 20, 2021| 21:45 सोमबार, असोज ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।