भारतमा पछिल्लो २४ घन्टामा कोराना भाइरस (कोभिड-१९)को संक्रमणबाट ९८३ जनाको मृत्यु भएको छ। यससँगै भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५४ हजार ८४९ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार, पछिल्लो २४ घन्टामा देशभर ६८ हजार ८९८ जनामा कोरोना संक्रमण देखिएको छ। यससँगै भारतमा कूल संक्रमित २९ लाख पाँच ८२४ जना पुगेका छन्।
तीमध्ये २१ लाख ५८ हजार ९४७ जना कोरोनामुक्त भएका छन् भने ६ लाख ९२ हजार २८ जना अझै उपचाररत छन्।
बीबीसी