शुक्रबार, फागुन २९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • वुहानको वाटर पार्कमा हजारौंंले गरे पार्टी, न मास्क, न त स्यानिटाइजर

वुहानको वाटर पार्कमा हजारौंंले गरे पार्टी, न मास्क, न त स्यानिटाइजर

कोरोनाको कहरसँगै लकडाउन व्यहोरेको यो सहर अहिले संक्रमणमुक्त भएको छ। त्यसपछि चीन सरकारले सामूहिक पार्टी गर्न दिएको हो।
 |  बिहीबार, भदौ ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ४, २०७७

हजारौंको भीड बिना मास्क वाटर ट्युबमा उफ्रिरह्यो र म्युजिक फेस्टिभलमा रमायो। चीनको वुहान सहरमा सप्ताहन्तमा देखिएकाे दृश्य हाे यो।

National life

कोभिड– १९ संकटका बेला विश्वमा यस्ता दृश्य भेटिँदैन। 

करिब ८ महिनाअघि यो सहरबाटै कोरोना भाइरस संंक्रमण सुरु भएको थियो।

कोरोनाको कहरसँगै लकडाउन व्यहोरेको यो सहर अहिले संक्रमणमुक्त भएको छ। त्यसपछि चीन सरकारले सामूहिक पार्टी गर्न दिएको हो।

 

Laxmi sunrise bank
kumari

सामान्य जीवनतर्फ बढ्दै

वुहानमा सुरुमा २३ जनवरीमा लकडाउन गरिएको थियो। त्यति बेलासम्म संक्रमणका कारण १७ जनाको मृत्यु भएको थियो ४०० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

एक करोड १० लाख जनसंख्या भएको यो सहर बाँकी चीनबाट एक्लिएको थियो। त्यसपछिका केही महिनामा लाखौंंको परीक्षण गरियोे, हजारौंंलाई क्वारेन्टिनमा राखियो।

मार्च सुरुदेखि लकडाउनमा छुट दिन थालियो। सपिङ मल खुल्न थाले, सार्वजनिक यातायात सुरु हुन थाल्यो र मानिस घरबाट बाहिर निस्कन थाले। यद्यपि, आपसी दुरी र मास्क भने अनिवार्य थियो।

८ अप्रिलमा वुहानमा लकडाउन पूर्ण रुपमा हटाइयो। त्यसलगत्तै मानिसले फटाफट बिहे गरे।

जीवन फेरि सामान्य भयो। विद्यालय खुले, व्यवसाय सञ्चालन हुन थाल्यो।

१२ मेमा ६ जनामा कोरोना भाइरस संक्रमित थपिएपछि सम्पूर्ण सहरको जनसंख्यामा परीक्षण गरियो र तुरुन्तै भाइरस नियन्त्रणमा आयो।

जुनसम्म त राति अबेरसम्म बजार खुल्न थाले। सडक किनारमा साना स्टल फेरि सञ्चालन भए।

एक महिनापछि जुलाईमा चीनका अधिकांश भागमा जनजीवन सामान्य हुन थाल्यो। फिल्म हल, पार्क, पुस्तकालय र संंग्रहालयलाई आधा क्षमतामा खुल्न अनुमति दिइयो। ठूला सभा–सम्मेलनमा लगाइएको प्रतिबन्ध पनि हट्यो।

तस्बिर: चाइना डेली

सम्पूर्ण रूपमा सामान्य तर...

आज वुहानको जनजीवन पूर्ण रुपमा समान्य भइसकेको जस्तो देखिन्छ। होहा वाटर इलेक्ट्रिकल म्युजिकल फेस्टिभलमा भेला भएका मानिसहरु यसको प्रमाण हुन्।

फेस्टिभलमा आयोजकले महिलालाई आधा दाममा टिकट बेचेका थिए। वाटर पार्क २५ जुनदेखि खोलिए पनि मानिसहरू अगस्तबाट आउन थालेका हुन्।

पार्कका डेपुटी जनरल म्यानेजरका अनुसार सप्ताहन्तमा यो वाटर पार्कमा १५ हजारसम्म मानिस आउँछन्। जबकि अघिल्लो वर्ष कोरोना संंकट नहुँदा योभन्दा आधा संख्यामा मात्रै मानिस आउँथे।

वुहानमा मे मध्यदेखि स्थानीय संक्रमित देखिएका छैनन्। सहरको ९९ लाख जनसंख्यामा परीक्षण गरिएको छ।

चीनको सरकारी टेलिभिजन सीसीटीभीका अनुसार गत साता हुबेईमा २७ लाख आन्तरिक पर्यटक पुगेका छन्।

अहिलेसम्म चीनभर ८४ हजार ८७१ जना संक्रमित भएको र चार हजार ६३० को मृत्यु भएको छ।

गत सातासम्म हुबेई प्रान्तका ९० प्रतिशत होटेल र ६६ प्रतिशत ट्राभल एजेन्सी सञ्चालनमा आइसकेको साउथ चाइन मर्निङ पोस्टले जनाएको छ। संक्रमण नरहेका चीनका अन्य सहरबाट हुबेइमा पर्यटकलाई आउन दिइएको छ।

अगस्त सुरुमा हुबेईको सिङदाओमा ठूलो बियर फेस्टिभल आयोजना गरिएको थियो ।

हुबेईकै उत्तरी सहर डालियनमा पनि बियर पार्टी आयोजना गरिएकोमा त्यहाँ संंक्रमणका नयाँ केस फेला परेपछि रद्द गरियो।

यद्यपि, अस्ट्रेलियन नेसनल युनिभर्सिटीमा संक्रामक रोगका विशेषज्ञ प्रोफेसर सांजय सेननयेकका अनुसार सहरका सबैको परीक्षण गरिसकिएको र कसैमा पनि कोरोना नदेखिएको अवस्थामा पनि संंक्रमणको खतरा पनि बाँकी नै रहन्छ।

किनभने विश्वबाट कोरोना भाइरस हराइसकेको छैन र कुनै पनि बेला यो फैलन सक्छ।

कोरोना संक्रमणमुक्त भइसकेको न्युजिल्यान्डमा पनि हालै संक्रमणका नयाँ केसहरु थपिएका छन्।

ठूला भेला आयोजना गर्दा तीमध्ये एकजनामात्र संंक्रमित रहेछ भने पनि उसले ठूलो संख्यामा सार्न सक्ने सम्भावना हुन्छ।

अहिले सम्पूर्ण विश्व कोरोनाविरुद्धको लडाइँमा छ। दक्षिण कोरियाजस्ता देश जसले कोरोना संंक्रमण नियन्त्रणमा लिइसकेका थिए अहिले फेरि संक्रमणको दोस्रो लहर सुरु भएको छ।

प्रकाशित: Aug 20, 2020| 13:32 बिहीबार, भदौ ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।