शुक्रबार, फागुन २९, २०८२

भारतमा कोरोनाबाट एकैदिनमा ६९ हजार संक्रमित

भारतमा एकै दिनमा यति धेरै संक्रमित थपिएको यो पहिलो पटक हो ।
 |  बिहीबार, भदौ ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ४, २०७७

काठमाडौं- तिब्र रुपमा फैलिएको कोरोना भाइरसबाट भारतमा बुधबार एकैदिनमा ६९ हजार १ सय ९६ जना संक्रमित थपिएका छन्।

National life

भारतमा एकै दिनमा यति धेरै संक्रमित थपिएको यो पहिलो पटक हो । यसअघि साउन २८ गते एकै दिनमा ६७ हजार व्यक्तिमा संक्रमण पुष्टि भएको थियो । पछिल्लो पटक भारतमा हरेक ६० हजारभन्दा धेरै संक्रमित थपिने गरेका छन् ।

पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये सबैभन्दा धेरै महाराष्ट्रमा १३ हजार १ सय ६५ जनामा सक्रमण पुष्टि भएको छ । आन्दप्रदेशमा ९ हजार ७ सय ४२, कर्णटकमा ८ हजार ६ सय ४२, तमिलनाडुमा ५ हजार ७ सय ९५, उत्तरप्रदेशमा ५ हजार ७६ जनामा संक्रमित थपिएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट भारतमा ९ सय ८० जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५२ हजार ८ सय ८९ पुगेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सबैभन्दा बढि मृत्यु महाराष्ट्रमा भएको छ । जहाँ अहिलेसम्म २१ हजार ३३ जनाले ज्यान गुमाएका छन् । यस्तै तमिलनाडुमा ६ हजार १ सय २३, कर्णाटकमा ४ हजार ३ सय २७, दिल्लीमा ४ हजार २ सय ३५ जनाको मृत्यु भएको छ ।

Laxmi sunrise bank
kumari

भारतमा अहिलेसम्म कोरोनाबाट २७ लाख १४ हजारभन्दा धेरै कोरोनाबाट संक्रमित भएका छन् ।

प्रकाशित: Aug 20, 2020| 08:37 बिहीबार, भदौ ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।