बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विराटचोकमा लुटपाटको प्रयास गर्ने समूहका थप एक जना पक्राउ

विराटचोकमा लुटपाटको प्रयास गर्ने समूहका थप एक जना पक्राउ

मोरङको सुन्दरहरैँचा नगरपालिका-१० विराटचोकस्थित त्रिवेणी टोलको एउटा सुनचाँदी पसलमा लुटपाटको प्रयास गर्ने गिरोहका थप एक जना पक्राउ परेका छन्।
 |  शनिबार, साउन १६, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, साउन १६, २०७८

विराटनगर- मोरङको सुन्दरहरैँचा नगरपालिका-१० विराटचोकस्थित त्रिवेणी टोलको एउटा सुनचाँदी पसलमा लुटपाटको प्रयास गर्ने गिरोहका थप एक जना पक्राउ परेका छन्।

अत्याधुनिक हतियार बोकेर लुटपाट मच्चाउने गिरोहमा आबद्ध सुनसरीको गढी गाउँपालिका-५ का ३३ वर्षीय आशिष चौधरीलाई मोरङ प्रहरीका डीएसपी मञ्जील मुकारुङको नेतृत्वमा खटिएको विशेष टोलीले पक्राउ गरेको हो। माओवादीका पूर्वलडाकु र पूर्वनेपाली सेना सम्मिलित हतियारधारी समूहका सदस्य उनलाई सुनसरीको झुम्काबाट पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए। 

श्रेष्ठका अनुसार अत्याधुनिक एवं स्वचालित हतियारको प्रयोग गर्दै लुटपाट आतंक मच्चाउने समूहमा सात जना आबद्ध रहेको खुलेको छ। ६ जना यसअघि नै पक्राउ परे पनि पहिचान खुल्न नसकेका चौधरी फरार थिए। हतियार चलाउने सबै खालका तालिम प्राप्त गरेको समूहले गत साउन १ गते दिनदहाडै खगेन्द्र थापाले सञ्चालन गरेको शिव पञ्चायन ज्वेलर्समा लुटपाटको प्रयास गरेको थियो। 

यही गिरोहमा रहेकामध्ये यसअघि संखुवासभाको सभापोखरी गाउँपालिका-४ घर भई सुनसरीको इटहरी उपमहानगरपालिका-२० तरहरामा डेरा गरी बस्दै आएका ३९ वर्षीय चन्द्रबहादुर राई, सुनसरीको गढी गाउँपालिका-१ का ४५ वर्षीय डाइमण्ड भनिने प्रमोद चौधरी, संखुवासभाको बाह्रबिसे घर भई तरहरामा बस्दै आएका ३० वर्षीय चिरञ्जीवी राई, मोरङको सुन्दरहरैँचा नगरपालिका-५ का २२ वर्षीय मिसन राई, सुन्दरहरैँचा-७ का ३१ वर्षीय सन्तोष राई र भोजपुरको पैवादुम्मा गाउँपालिका-३ घर भई तरहरामा बस्दै आएका ३० वर्षीय नगेन्द्र राई पक्राउ परिसकेका छन्। 

पक्राउ परेका सबैविरुद्ध प्रहरीले हातहतियार खरखजना, डाँका, ज्यान मार्ने उद्योग र संगठित अपराधसहित चारवटा कसूरमा मुद्दा चलाउन म्याद थप गरेर घटनाका बारेमा अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Jul 31, 2021| 17:55 शनिबार, साउन १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।